पर्वतमा रास्वपाको सुरुवाती अग्रता
शुक्रबार, २२ फागुन २०८२, १५ : ०१
सारांश
- पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर भुसालले अग्रता लिएका छन्, उनले २ हजार २८३ मत प्राप्त गरेका छन्।
- नेकपा एमालेका पदम गिरीले १ हजार २८०, नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले १ हजार २०३ मत पाए।
- पर्वतमा ६३ हजार ३६७ मत खसेको थियो, जसमा १ लाख २५ हजार ४६५ मतदाता थिए।
पर्वत । पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर भुसालले सुरुवाती अग्रता लिएका छन् । उनले २ हजार २८३ मत पाउँदा नेकपा एमालेका पदम गिरीले एक हजार २८०, नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले एक हजार २०३ र नेकपाका मनहरि शर्माले २३१ मत पाएका छन् ।
कुल एक लाख २५ हजार ४६५ मतदाता रहेको यस क्षेत्रमा ६३ हजार ३६७ मत खसेको थियो । शुक्रबार केही ढिला गरी मत गणना सुरु भएको थियो ।
कार्कीनेटा, थापाठाना, मुडिकुवा, लिमिठाना लगायतका मतदान केन्द्रको मत गणना भएको जिल्ला निर्वाचन अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित
-
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
-
दुई दशकदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउन पहल
-
बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
-
रास्वपा प्रथम महाधिवेशन : राेकिएकाे बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरण सुरु
-
हालान्डको दोस्रो गोल, सेनेगलविरुद्ध नर्वे ३–१ गोलले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण