सिरहाका ३ निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता
सारांश
- सिरहा १, २ र ४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।
- सिरहा १ मा बब्लु गुप्ता, २ मा शिवशंकर यादव र ४ मा तपेश्वर यादवले अग्रता कायम गरेका छन्।
- सिरहा क्षेत्र नं. ३ को मतगणना भने ढिलो गरी सुरु भएको छ।
सिरहा । सिरहा १, २ र ४ निर्वाचनक्षेत्रको हालसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ। सिरहा १ मा रास्वपा उम्मेदवार बब्लु गुप्ता, २ मा शिवशंकर यादव र ४ मा तपेश्वर यादवले अग्रता कायम गरेको छ।
सिरहा १ मा रास्वपा उम्मेदवार बब्लु गुप्ताले ८५० मत प्राप्त गर्दा नेपाली काँग्रेसका सामसुन्दर चौधरीले १९६ र एमालेका रामाशंकर यादवले १२७ मत प्राप्त गरेको छ।
सिरहा २ मा रास्वपाका उम्मेदवार शिवशंकर यादवले १ हजार ४४० मत प्राप्त गर्दा नेपाली काँग्रेसका रामचन्द्र यादवले २९९ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालय सिरहाले जनाएको छ।
सिरहा क्षेत्र नम्बर ४ को प्रारम्भिक मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अग्रता कायम गरेको छ। हालसम्मको मत परिणाम अनुसार रास्वपाका उम्मेदवार तपेश्वर यादवले १ हजार ९५१ मत प्राप्त गरेका छन्।
उनलाई नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का अजयशंकर नायकले ७४८ मतसहित पछ्याई रहेका छन्।
जनमत पार्टीका वीरेन्द्र प्रसाद महतोले ४१७ मत प्राप्त गर्दा, नेपाली काँग्रेसकी चन्द्रकला कुमारी यादवले ३५१, नेकपा एमालेका धर्मनाथ साहले २७९ मत र जसपाका राजकिशोर यादवले २७६ मत प्राप्त गरेका छन्।
सिरहा ३ को मतगणना ढिलाे सुरु भएकोले मत परिणाम सार्वजनिक भएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण