बारा–३ मा रास्वपाका उम्मेदवार १० हजार मतान्तरले अगाडि
शुक्रबार, २२ फागुन २०८२, १६ : ०२
बारा । बारा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार १० हजार मतान्तरले अगाडी देखिएका छन्।
रास्वपा उम्मेदवार अरविन्द साहले १२ हजार ७४४ मत पाउँदा नेपाली कांग्रेस उम्मेदवार फरमुल्लाह मन्सुरले २ हजार ९३८ मत पाएका छन् । त्यस्तै जसपा उम्मेदवार रामबाबुकुमार यादवले २ हजार ३८ मत पाउँदा जनमत पार्टी उम्मेदवार प्रमोद कुमार गुप्ता १ हजार २३३ मत पाएका छन् ।
एमाले उम्मेदवार ज्वालाकुमारी साहले ८५७ मत पाउँदा नेकपा उम्मेदवार भरत साहले २२६ मत पाएका छन् । ३७ वटा वडा रहेको यो निर्वाचन क्षेत्रमा हालसम्म कलैया उपमहानगरको १२ वटा वडाहरु गणना भइसकेको छ ।
यो क्षेत्रमा यसअघि एमालेकी ज्वालाकुमारी साह निर्वाचित भएकी थिइन् । तर यसपटक हालसम्मको मत गणनामा उनी ५औँ स्थानमा छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण