अछाम–२ मा रास्वपाका शाह तेस्रो स्थानमा, एमालेको अग्रता कायमै
शुक्रबार, २२ फागुन २०८२, २० : १७
काठमाडौं । अछाम क्षेत्र नम्बर–२ मा नेकपा (एमाले)का उम्मेदवार यज्ञ बहादुर बोगटीले आफ्नो अग्रता कायम राखेका छन् । अहिलेसम्मको मत परिणाम अनुसार बोगटी ११ सय ८५ मत सहित पहिलो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का भुप देव शाह ६१० मत सहित तेस्रो स्थानमा छन्।
कांग्रेसका पुष्प बहादुर शाह ७८८ मत सहित दोस्रो स्थानमा छन् । नेपाली कम्युनिष्ट पार्टीका बल बहादुर कुँवरले २२९ मत ल्याएका छन् । मतगणना जारी छ । अछाम–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ९ जना उम्मेदवारहरु मैदानमा छन् ।
अहिलेसम्म ३ हजार ९० मत गणना भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मंगलसेनको ७ वटा वडाको मत गणना सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण