भक्तपुर प्रहरीले सार्वजनिक गर्यो विभिन्न घटनाका ११ जना आरोपी
भक्तपुर– महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न तीन घटनामा संग्लन भएको आरोपमा ११ जनालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ । काठ चोरी गरी लैजाँदै गर्दा गाडिसहित पाँचजना, लागूऔषध बिक्रि वितरणका पाँच जना र धनमाल चोरी गरेको आरोपमा एक जनालाई प्रहरी परिसर भक्तपुरले सार्वजनिक गरेको हो ।
साउन ९ गते बुधबार राती १२ बजेको समयमा सूर्यबिनायक नगरपालिका वडा नं ४ दधिकोट एकताचोकमा रहेको खाँडादेवी फर्निचर उद्योगबाट चोरी गरि लोड गर्दै गरेको समयमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
फर्निचर उद्योगको कम्पाउण्डमा राखेको करिब २५ क्यूफिट सालको काठ चोरी गरि बा.१ ख.८६१० नं.को मिनीट्रकमा लोड गरी लैजाँदै काठसहित पक्राउ गरेको प्रहरी परिसर भक्तपुका प्रवक्ता प्रहरी नायव उपरिक्षक रेवतीरवण पोखरलेले बताए ।
प्रहरीले उक्त घटनामा संग्लन भएको आरोपमा काभ्रे फुलबारी घर भइ ललितपुर ग्वार्को बस्ने बा.१ ख ८६१० नं. को गाडी चालक बर्ष २२ को विकाश तामाङ, दोलखा गौरीशंकर ६ घर भई हाल भक्तपुर बस्ने बर्ष २३ को भीम तामाङ रहेका छन् । त्यसैगरी सिन्धुली घ्याङ्लेक ७ घर भई हाल भक्तपुर बस्ने बर्ष २० राजकुमार थोकर, सोही स्थानका १७ वर्षका टल्के थोकर र रामेछाप सुनपाती २ घर भई हाल ललितपुर ज्यासल बस्ने बर्ष ३२ को दिपक खपाङ्गी रहेको प्रहरीले जानकारी दिएको छ ।
गत जेठ १६ मध्यपुर नगरपालिका ६ गाँखुस्थित नविनकुमार बुढाथोकीको घरबाट नगद तथा सुनचाँदीको गरगहना समेत चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । उक्त घटनामा संग्लन भएको आरोपमा प्रहरीले दोलखा वैतेश्वर गाँउपालिका वडा नम्बर ७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका १ दुवाकोट वस्ने वर्ष ४० को पशुपति रिमाललाई पक्राउ गरेको हो ।
रिमालको साथबाट प्रहरीले सुनको सिक्री २ तोला ५१ लालको थान २, सुनको मंगलसुत्र २ तोला २५ लालको थान १, सुनको हातमा लगाउने बाला १ तोला १६ लालको थान १, सुनको बेरुवा औठी १ तोलाको थान १, चाँदीको टिकादानी १८ तोला ४५ लालको थान १, बिभिन्न कम्पनीका मोबाईलहरु थान ५ बरामद गरेको जानकारी दिएको छ ।
त्यसैगरी प्रहरी परिसर भक्तपुरले लागू औषधको कारोबारमा संग्लन रहेको आरोप पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले भक्तपुर नगरपालिका वडा नम्बर ५ अनरिनको सभा भवन नजिकै लागूऔषध विक्रि वितरण हुन्छ भन्ने सूचनाको आधारमा छापा मार्दा पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका वडा नम्बर ५का चन्द्रबहादुर देउला, सोही स्थानका श्याम किलम्बु, सूर्यविनकाय नगरपालिका वडा नम्बर ६ का दिपेश सुकुभटु रहेको प्रवक्ता प्रनाउ पोखरेलले बताए ।
सोही घटनामा संग्लन भएको आरोपमा सिन्धुपाल्चोक बलेफि गाँउपालिका ३ का कृष्ण बहादुर मगर, काभ्रे पनौती नगरपालिका १ का प्रेम तामाङलाई पक्राउ गरि सार्वजनिक गरेको हो । भक्तपुर जिल्ला अदालतबाट अनुसन्धानको लागि म्याद थप गरि घटनाबारे थप अनुसन्धान भइरहेको परिसर भक्तपुरका प्रवक्ता प्रनाउ पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण