चौरजहारी-५ मा मुचुल्काभन्दा बढी मतपत्र फेला
शनिबार, २३ फागुन २०८२, ०७ : ५७
रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-५ मा प्रतिनिधि सभाको मतगणनाका क्रममा विवाद देखिएको छ। उम्मेदवार गोपाल शर्माको आफ्नै वडा चौरजहारी-५ मा मुचुल्का गरिएको भन्दा १०० भन्दा बढी अतिरिक्त मतपत्र फेला परेका छन्। मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्रहरू फेला परेका हुन्।
मुचुल्कामा उल्लेख भएको संख्याभन्दा धेरै मतपत्र भेटिनुलाई धाँधलीको प्रयासको रूपमा हेरिएको अन्य पार्टीका उम्मेदवारहरूले बताएका छन्।
शंकास्पद मतपत्र भेटिए तापनि सो क्षेत्रमा मतगणना भने रोकिएको छैन, गणना जारी नै रहेको छ। मतगणनामा प्रलोपाका उम्मेदवार जनार्दन शर्मा र नेकपाका उम्मेदवार गोपाल शर्मा बीच प्रतिस्पर्धा देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण