उम्मेदवार नै नभएको रास्वपालाई मनाङबाट साढे ७ सय समानुपातिक भोट, ३६ वटा दललाई शून्य मत
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले मनाङमा ७५२ मत प्राप्त गर्यो, जहाँ प्रत्यक्ष उम्मेदवार थिएनन्।
- समानुपातिकमा नेपाली कांग्रेस पहिलो रह्यो, जसले १३७७ मत ल्यायो।
- नेकपा एमालेले रास्वपाभन्दा बढी मत ल्यायो, जबकि अरु दलले थोरै मत पाए।
पोखरा । प्रत्यक्ष उम्मेदवार नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीले मनाङबाट साढे ७ सय मत कटाएको छ । सम्पन्न गणना अनुसार मनाङबाट रास्वपाले ७ सय ५२ मत ल्याएको हो । समानुपातिकमा पनि पहिलो चाहिँ नेपाली काँग्रेस भएको छ । काँग्रेसले १ हजार ३ सय ७७ मत ल्याएको छ ।
यस्तै, प्रत्यक्षमा काँग्रेसलाई वाक ओभर दिएर उम्मेदवारी फिर्ता लिएको नेकपा एमालेले रास्वपाभन्दा कम ५ सय ७१ मत मात्र ल्याएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, नेपाली कम्युनिस्ट पार्टीले २ सय २६ मत ल्याउने बाहेक अरुले १ सय मत कटाएनन् ।
हर्क साम्पाङको श्रम संस्कृति पाटीले ८३ मत पाएको छ । राष्ट्रिय परिवर्तन पाटीले ४०, संयुक्त नागरिक पार्टीले २० मत पाएको छ । नेशनल रिपब्लिक नेपालले ११, मंगोल नेशनल अर्गनाइजेसनले ११, राप्रपाले १०, जनमतले ५ मत पायो । सार्वभौम नागरिकको ४ र राष्ट्रिय एकता दलले २ मत पायो ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी, जसपा, नेमकिपा, प्रगतिशील लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, मातृभूमि, राष्ट्रिय गौरव पार्टीले १ मत पाएका छन् । जिल्लामा ५८ दलमध्ये ३६ दललाई शून्य मत छ भने ७ वटा दलले १ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण