जनताको अपेक्षाअनुसार काम गर्नेछु : महतो
महोत्तरी। महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोद कुमार महतो विजयी भएका छन्। उनले ३४ हजार ६३६ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार गिरिराजमणि पोखरेल ले ६२४ मत प्राप्त गरेका छन्।
विजयपछि पत्रकारसँग कुरा गर्दै गर्दै महतोले यो जित व्यक्तिगत नभई जनताको परिवर्तनको जित भएको बताए। उनले क्षेत्रका ३० वटै वडाका मतदातालाई धन्यवाद दिँदै जनताको विश्वासलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, “यस क्षेत्रमा एक लाखभन्दा बढी मतदाता छन्। म सबै जनताको दुःख–सुखमा साथ दिनेछु र जनताको अपेक्षाअनुसार काम गर्नेछु।”
महतोले विशेषगरी यस क्षेत्रमा कृषि क्षेत्रको विकास तथा बेरोजगारी समस्याको समाधानलाई आफ्नो प्राथमिकता बनाउने बताएका छन्। साथै, क्षेत्र नम्बर १ मा देखिएको कर्सर (क्रसर) आतंकबारे पनि आफू गम्भीर रहेको उल्लेख गरे। “म आफैँ पनि पहिले कर्सर व्यवसायी थिए, तर अहिले छैन। यस क्षेत्रमा देखिएको कर्सर आतंक अन्त्यतिर लैजान पहल गर्नेछु,” उनले बताए।
त्यसैगरी चुरे क्षेत्रमा भइरहेको दोहनप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए।
“म जनताको छोरा हुँ। जसरी एउटा छोरालाई आफ्नो परिवारप्रति माया हुन्छ, त्यसैगरी मलाई आफ्नो क्षेत्रप्रति माया छ। यदि हामी जनताको विश्वासमा खरो उत्रिन सकेनौँ भने जनताले हामीलाई पनि अस्वीकार गर्नेछन्,” महतोले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण