अन्तिम परिणाम
गुल्मी–२ मा एमाले नेता गोकर्ण विष्टलाई पराजित गर्दै रास्वपाका गोविन्द पन्थी विजयी
शनिबार, २३ फागुन २०८२, १२ : ०२
सारांश
- गुल्मी निर्वाचन क्षेत्र नं २ को अन्तिम नतिजा अनुसार रास्वपाका गोविन्द पन्थी विजयी भए।
- पन्थीले एमालेका गोकर्ण विष्टलाई ५६१ मतको अन्तरले पराजित गरे।
- नेपाली कांग्रेसका भुवन प्रसाद श्रेष्ठले १४,४३४ मत प्राप्त गरेर तेस्रो स्थान हासिल गरे।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नं २ को अन्तिम नतिजा सार्वजनिक भएको छ। प्राप्त अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्।
पन्थीले नेकपा एमालेका प्रभावशाली नेता गोकर्ण विष्टलाई कडा प्रतिस्पर्धाका बीच ५६१ मतको अन्तरले पराजित गरेका हुन्।
सार्वजनिक नतिजा अनुसार गोविन्द पन्थीले १६,९६७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी गोकर्ण राज विष्टले १६,४०६ मत प्राप्त गरे।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भुवन प्रसाद श्रेष्ठले १४,४३४ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। गुल्मी–२ मा तीनै उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण