मतगणना नसकिँदै झापा–५ मा बालेनको जित निश्चित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको जित निश्चित भएको छ । झापा–५ मा जारी मतगणना अनुसार बालेनले कायम गरेको मतान्तर गन्न बाँकी मतभन्दा कम भएसँगै उनको जित सुनिश्चित भएको हो ।
पछिल्लो मतगणना अनुसार बालेनले ४७ हजार ७७९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका अध्यक्ष केपी शर्मा ओलीले १२ हजार ६९९ मत प्राप्त गरेका छन् । यो झण्डै ३५ हजारको मतान्तर हो ।
झापा–५ मा १ लाख ६ हजार मत खसेको छ । त्यसमध्ये अहिलेसम्म ७५ हजार ३७७ मत गणना भएको छ । अब करिब ३१ हजार मत गन्न बाँकी छ । अब गन्ने सबै मत ओलीले ल्याए पनि बालेनले चुनाव जित्नेछन् ।
यो क्षेत्रमा नेपाली काँग्रेसकी मन्धरा चिमरियाले १ हजार ३१८ मत, नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले १ हजार ८७ मत तथा श्रम संस्कृति पार्टीका समिर तामाङले ७ हजार ५३५ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : स्वास्थ्यमन्त्री घिमिरेलाई प्रवक्ताकाे जिम्मेवारी
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण