थप जिम्मेवार हुन आवश्यक छ : रवि लामिछाने
सारांश
- रास्वपाका सभापति रवि लामिछानेले निर्वाचनले पार्टीलाई थप जिम्मेवारी दिएको बताए ।
- उनले जनताको विश्वासलाई ठूलो जिम्मेवारीको रूपमा लिँदै पुरानो शैलीको राजनीतिबाट मुक्ति खोजेको बताए ।
- लामिछानेले चुनावी वाचा कार्यान्वयन र सहकारी पीडितहरूको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनले रास्वपालाई थप जिम्मेवारी सुम्पेको बताएका छन् । निर्वाचनपछि प्रतिक्रिया दिँदै उनले आगामी दिनमा रास्वपा थप जिम्मेवार बन्नुपर्ने बताएका हुन् ।
उनले देशभर रास्वपालाई प्राप्त जितलाई केवल विजयको रूपमा नभई जनताले सुम्पिएको ठुलो जिम्मेवारीका रूपमा लिएको बताए । उनका अनुसार जनताले देखाएको विश्वासले आफूलाई अझ बढी जिम्मेवार र गम्भीर बनाएको छ ।
‘जनताले गरेको यो अपार माया र विश्वासले हामीलाई इतिहासकै सबैभन्दा बढी जिम्मेवारी दिएको महसुस गराएको छ । यो सामान्य कुरा होइन, यसले हामीलाई अझ जिम्मेवार र गम्भीर बनाएको छ’ उनले भने ।
निर्वाचनमा आएको भारी मतान्तरलाई उनले परिवर्तनको स्पष्ट संकेतका रूपमा व्याख्या गरेका छन् । लामिछानेका अनुसार यसले जनताले पुरानो शैलीको राजनीतिबाट मुक्ति खोजेको र नयाँ विकल्पतर्फ आकर्षित भएको सन्देश दिएको स्पष्ट पारे । उनले समर्थक तथा कार्यकर्तालाई जितको उन्मादमा नमात्तिन र विपक्षीहरूप्रति आक्रामक नहुन पनि आग्रह गरे । लोकतन्त्रमा फरक मतको सम्मान आवश्यक हुने उल्लेख गर्दै उनले अब गाली–गलौजभन्दा पनि काम गरेर देखाउने समय आएको बताए ।
‘हामी संयमित हुनुपर्छ, हामी उत्तेजित हुनुहुँदैन । अब हाम्रा अभिव्यक्तिहरू अझ जिम्मेवार हुनुपर्छ । प्रतिपक्षलाई होच्याउने वा गाली गर्ने काम तत्काल बन्द गर्नुपर्छ । लोकतन्त्र भनेको फरक मतको सम्मान हो,’ उनले भने ।
लामिछानेले चुनावी वाचा पत्रमा उल्लेख गरिएका प्रतिबद्धता कार्यान्वयनमा केन्द्रित हुने पनि बताएका छन् । विशेषगरी सहकारी पीडितहरूको समस्या समाधान गर्ने र १०० दिनभित्र साना बचतकर्ताहरूको पैसा फिर्ता गर्ने प्रक्रिया सुरु गर्ने प्रतिबद्धता उनले दोहोर्याए ।
उनले यो जीतमा नयाँ पुस्ताको ठुलो भूमिका रहेको उल्लेख गर्दै उनीहरूको आशा र भरोसालाई खेर जान नदिने दावी गरे । मुलुकलाई सुशासन र समृद्धिको बाटोमा लैजान रास्वपा सधैँ प्रतिबद्ध रहने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण