सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डोल्पामा फर्जी मत विवाद : अझै सुरु भएन मतगणना

शनिबार, २३ फागुन २०८२, १३ : २९
शनिबार, २३ फागुन २०८२

सारांश

  • डोल्पामा फर्जी मत खसेको भन्दै मतगणना स्थगित भएको छ।
  • काइके गाउँपालिकामा मतदान अधिकृत र मतदाताको हस्ताक्षर नभेटिएपछि विवाद भएको हो।
  • एमालेलगायतका दलले पुनः मतदानको माग गर्दै उजुरी दिएका छन्।

सुर्खेत । डोल्पामा बिहान रोकिएको मतगणना अझै सुरु भएको छैन । फर्जी मत खसेको भन्दै बिहान स्थगित भएको मतगणना अझै सुरु नभएको हो । 

काइके गाउँपालिका–४ र ५ को मतगणनाको क्रममा पाँच वटा मतपत्रमा मतदान अधिकृत र मतदाताको हस्ताक्षर नभएको अर्धकट्टीसहितको मतपत्र भेटिएको थियो । यही विषयमा विवाद सुरु भएको थियो ।

यस्तै, सात वटा मतपत्रका अर्धकट्टी मात्रै भेटिएको थियो । विवाद पश्चात्  मतगणना स्थगित भएको थियो ।

उक्त मतपत्रमा अनधिकृत व्यक्तिले मतदान गरेको भन्दै नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्री पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र एक स्वतन्त्र उम्मेदवारले विरोध जनाएपछि मतगणना अन्योल बनेको हो ।

उनीहरूले मुख्य निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पुनः मतदान हुनुपर्ने माग गर्दै उजुरी दिएका छन् । 

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठकमा छलफल भइरहेको बताइन् ।

‘निवेदकहरूले माग गरे बमोजिम मुख्य निर्वाचन अधिकृतले निर्वाचन आयोगबाट राय मागिरहेकाले सर्वदलीय बैठकमा ढिलाइ भइरहेको छ,’उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप