मतपरिणाम
रौतहट–१ मा रास्वपाका राजेश कुमार चौधरी निर्वाचित
शनिबार, २३ फागुन २०८२, १४ : १२
सारांश
- रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट राजेश कुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरीले २८ हजार ९४६ मत प्राप्त गरे।
- एमालेका अजय कुमार गुप्ता दोस्रो स्थानमा रहे, उनले १० हजार ६९३ मत प्राप्त गरे।
रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राजेश कुमार चौधरी निर्वाचित भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय कुमार गुप्ताले १० हजार ६९३ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसका अनिल कुमार झाले ८ हजार ५७४ मत प्राप्त गरेका छन् भने माधव कुमार नेपालले ७ हजार ६६९ मत पाएका छन्।
अन्य उम्मेदवारहरूमा जनता समाजवादी पार्टीका योगेन्द्र राय यादवले ६ हजार ८४६ मत प्राप्त गरेका छन् भने बाँकी उम्मेदवारहरूले न्यून मत प्राप्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण