प्रतिनिधिसभा निर्वाचन
सिराहा–२ मा रास्वपाका शिवशंकर यादवको जित
शनिबार, २३ फागुन २०८२, २० : २९
सारांश
- सिराहा निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिवशंकर यादव विजयी भएका छन्।
- यादवले ३९ हजार ५६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामचन्द्र यादवले १२ हजार ८१४ मत ल्याए।
- एमालेका नवीन कुमार यादव ६ हजार ७१३ मतसहित तेस्रो स्थानमा रहे।
सिराहा । सिराहा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित हासिल गरेको छ । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम अनुसार रास्वपाका उम्मेदवार शिवशंकर यादव भारी मतान्तरसहित विजयी भएका हुन् ।
विजयी यादवले ३९ हजार ५६१ मत प्राप्त गरेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र यादवलाई २६ हजार ७४७ को विशाल मतान्तरले पराजित गरेका हुन् ।
यादवले १२ हजार ८१४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार नविनकुमार यादव ६ हजार ७१३ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण