सप्तरी–२ मा पराजित भएपछि उपेन्द्रले भने– जनताको जनादेश स्वीकार
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी–२ बाट पराजित भएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको जनादेशलाई सम्मानपूर्वक स्वीकार गरेको बताएका छन् ।
यादवले निर्वाचनपछि जारी गरेको वक्तव्यमा देशमा उत्पन्न विषम परिस्थिति, अन्योलता र अनिश्चितताकाबिच सम्पन्न निर्वाचनमा आफ्नो पार्टीको पक्षमा मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन् ।
उनले निर्वाचन अभियानमा दिन रात खटेर काम गर्ने पार्टीका नेता कार्यकर्ताप्रति धन्यवाद व्यक्त गर्दै लोकतान्त्रिक प्रक्रियामा जनताको निर्णय नै सर्वोपरि हुने उल्लेख गरेका छन् ।
अध्यक्ष यादवले जनताको जनादेशलाई स्वीकार गर्दै भविष्यमा समानता, स्वतन्त्रता, सामाजिक न्याय, समृद्धि र समाजवाद प्राप्तिको लक्ष्यमा अडिग रहने प्रतिबद्धता जनाएका छन् । उनले बहिष्करणमा पारिएका तथा सीमान्तकृत वर्ग र समुदायका पहिचान, अधिकार र मुक्तिका लागि आफ्नो पार्टीले निरन्तर सङ्घर्ष जारी राख्ने पनि बताएका छन् ।
साथै उनले निर्वाचनमा विजयी भएका सबै उम्मेदवारलाई बधाई दिँदै आगामी दिनमा लोकतन्त्रलाई सुदृढ बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण