सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
प्रतिनिधि सभा निर्वाचन

१०० क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक, कुन दलले कति जिते ?

शनिबार, २३ फागुन २०८२, २३ : १८
शनिबार, २३ फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा निर्वाचनको मतगणनामा रास्वपाले अग्रता लिँदै ऐतिहासिक नतिजा निकालेको छ।
  • रास्वपा हालसम्म ७८ स्थानमा विजयी हुँदै ४४ स्थानमा अग्रता कायम गरेको छ।
  • नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले पनि केही सिटमा जित हासिल गरेका छन्।

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा हालसम्म करिब १०० निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य ठूला दलहरूलाई पछि पार्दै ऐतिहासिक नतिजा निकालेको छ ।

हालसम्म सार्वजनिक मतपरिणाम अनुसार रास्वपाले हालसम्म सबैभन्दा धेरै ८२ स्थानमा जित हासिल गरिसकेको छ भने ४० स्थानमा अग्रता कायम राखेको छ ।

त्यस्तै, नेपाली कांग्रेसले १२ सिटमा जित हासिल गर्दा ६ स्थानमा अग्रता कायम गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा एमाले ६ सिटमा जित हासिल गर्दा ६ सिटमा अग्रता कायम गरेको छ । 

नेकपाले ४ सिटमा जित हासिल गर्दा थप ३ सिटमा अग्रता रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक सिटमा जित हासिल गर्दा एकजना स्वन्तन्त्र उम्मेदवारले जित निकालेका छन् । 

प्रत्यक्षतर्फ मात्र नभई समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो अन्तरले अग्रता लिइरहेको छ। तथ्याङ्क अनुसार रास्वपाले ५ लाख ८६ हजार ४८६ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ लाख ९९ हजार ४४८ र नेकपा एमालेले १ लाख ५१ हजार ६०८ मत प्राप्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप