प्रदेशमा पराजित पूर्वएसएसपी थापा संघमा फराकिलो मतान्तरले विजयी
सारांश
- पूर्व एसएसपी विक्रमसिंह थापाले संघीय संसदको ढोका खोलेका छन्, उनले कपिलवस्तु क्षेत्र नम्बर २ बाट जित हासिल गरे।
- थापाले नेपाली कांग्रेस छाडेर रास्वपाबाट चुनाव लडेका थिए, र उनले निकटतम प्रतिद्वन्द्वीलाई पराजित गरे।
- २०७९ को निर्वाचनमा प्रदेशसभामा पराजित थापाले यसपटक कांग्रेसका उम्मेदवारलाई ६ हजारभन्दा बढी मतले हराए।
बुटवल । नेपाल प्रहरीका पूर्वएसएसपी विक्रमसिंह थापा अब कानुन निर्माण गर्ने थलो प्रतिनिधिसभाकाे ढाेका खाेलेका छन्।
२०७९ सालको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार बनेका थापा झिनो मतान्तरले पराजित भएका थिए।
प्रदेशमा पराजित भएका थापाले यसपटक भने सङ्घीय संसदतर्फको ढोका खोलेका हुन्। उनले नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए । उनी २७ हजार ६३५ मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले २१ हजार ५२७ मत प्राप्त गरे। त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वृजेश कुमार गुप्ता ले २० हजार ४८२ मत पाए।
२०७९ सालमा कांग्रेसबाट निर्वाचित भएका आचार्यलाई यसपटक थापाले ६ हजार १०८ मतान्तर ले पराजित गरेका हुन्। यस निर्वाचन क्षेत्रमा कुल ८५ हजार ५६ मत खसेको थियो।
थापा केही समयअघिसम्म कांग्रेसका महाधिवेशन प्रतिनिधि पनि थिए। तर पार्टीभित्रको आन्तरिक द्वन्द्व र असन्तुष्टिका कारण उनले कांग्रेस छाड्दै रास्वपामा प्रवेश गरेका थिए।
राजनीतिक समीकरणले पनि यसपटक रोचक दृश्य देखाएको छ। २०७९ को निर्वाचनमा थापा प्रदेशसभामा उठ्दा प्रतिनिधिसभामा कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी भएका थिए। तर अहिले समय उल्टिएको छ—थापा जिते,आचार्य पराजित भए ।
कपिलवस्तु क्षेत्रका विभिन्न दल परिवर्तन गर्दै सङ्घीय राजनीतिमा अनुभव बटुलेका नेता वृजेशकुमार गुप्ता लाई पनि यसपटक थापाले फराकिलो मतान्तरले पछि पारेका छन्।
नेपाल प्रहरीको लामो सेवा अनुभव बोकेका थापाले जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखका रूपमा समेत काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण