सिराहा–३ मा रास्वपाका शम्भुकुमार यादव विजयी
आइतबार, २४ फागुन २०८२, १० : २५
सिराहा । सिराहा प्रतिनिधिसभा निर्वाचन २०८२ मा सिराहा क्षेत्र नम्बर तीनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुकुमार यादव विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार ३२ हजार २४९ मत प्राप्त गर्दै यादव विजयी भएका हुन्।
निकटतम प्रतिस्पर्धी एमालेका लीलानाथ श्रेष्ठले १० हजार १५६ पाउँदा नेकपाका विश्वनाथ साहले ९ हजार ९४२ र काँग्रेसका शुभाषचन्द्र यादवले ९ हजार ८७९ मत प्राप्त गरेको सिराहा जिल्लाका मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले जानकारी दिए।
कुल १ लाख १९ हजार २५० मतदाता रहेकोमा ७६ हजार ४३० मतदान भएको थियो। यसक्षेत्रबाट १२ दलसहित ४१ जनाले उम्मेदवारी दिएका थिए। चार निर्वाचन क्षेत्र रहेको सिराहामा सबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
-
विश्वकपमा यमालको जादु
-
सुदूरपश्चिमको कानुन मन्त्रालयको बजेटमा खेलमैदान र विद्यालय भवन
-
‘क्रिस्टियानो रोनाल्डोलाई नै बल पास गर्नुपर्ने कुनै दबाब छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण