नारी दिवस पारेर ‘टिका’ निर्माण घोषणा, मुख्य भुमिकामा वर्षा र महेश
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अबसर पारेर फिल्म ‘टिका’ निर्माण घोषणा गरिएको छ । भविष्य खड्का फिल्मस् प्रालीको प्रस्तुति तथा थर्ड आइ आट्र्स प्रालीको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो।
नेपाली समाजमा महिलाले भोग्ने संघर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण हुन लागेको फिल्म शंकर कार्कीले निर्देशन गर्नेछन् । फिल्मले संघर्ष, पराक्रम र नैतिक स्वच्छता कथा उठाउनेछ।
भविष्य खड्का निर्माता रहेको फिल्ममा अभिनेता महेश त्रिपाठी, अभिनेत्रीद्वय ऋचा शर्मा, वर्षा शिवाकोटी र हाँस्य कलाकार निर्मल शर्मालगायतको अभिनय रहनेछ । बाल कलाकार आयुशी ढकालको समेत अभिनय रहने फिल्मका कलाकार र प्राविधिकहरू छनोटको चरणमा रहेको कार्यकारी निर्माता तेजविक्रम केसीले बताए।
चन्दन झा र निर्देशक कार्कीको कथामा तयार हुने फिल्मको पटकथा रामकुमार श्रेष्ठले लेखेका छन् । फिल्म छिट्टै छायांकन जाने तयारी भैरहेको बताइन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित
-
केप भर्डेको पुनरागमन: हेलियो वरेलाको गोलसँगै उरुग्वेविरुद्ध स्कोर २–२
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण