इरानको कराजस्थित तेल डिपोमा आक्रमण : मर्नेको सङ्ख्या ६ पुग्यो
आइतबार, २४ फागुन २०८२, १६ : ५१
सारांश
- इरानको कराज सहरको तेल भण्डारण केन्द्रमा भएको आक्रमणमा ६ जनाको मृत्यु भएको छ।
- यस आक्रमणमा २१ जना घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ।
- अमेरिकी-इजरायली संयुक्त आक्रमणपछि तेल डिपोमा आगलागी भएको बताइएको छ।
तेहरान । इरानको अल्बोर्ज प्रान्त अन्तर्गत पर्ने कराज सहरको फर्दिस तेल भण्डारण केन्द्रमा भएको आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । यस घटनामा २१ जना घाइते भएको बताइएको छ ।
इरानी अर्धसरकारी तस्निम समाचार एजेन्सीले स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि उक्त तेल डिपोमा ठुलो आगलागी भएको थियो ।
अधिकारीका अनुसार मृत्यु हुनेमध्ये डिपो नजिकैका घरमा बस्ने स्थानीय बासिन्दा पनि रहेका छन् । घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालमा भर्ना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण