शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

काठमाडौँमा बढ्याे वायु प्रदूषण, तस्बिरहरू

आइतबार, २४ फागुन २०८२, १७ : ३४
आइतबार, २४ फागुन २०८२

काठमाडौँ । काठमाडाैँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला ३ दिनदेखि उपत्यकामा वर्षा हुन सकेको छैन् जसकारण आकाश धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको वातावरण विभागले जानकारी दिएको छ।

लामो समयदेखि वर्षा हुन नसकेको र  हावा चल्न पनि छाडेका कारण उपत्यकाको वायुमा प्रदूषण बढेको हो ।आजको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार उपत्यकामा दिउँसोसम्म काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकांक १८६ पुगेको छ । यो सँगै काठमाडौं विश्वको चौथो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ।

एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्दछ । त्यस्तै, १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्ने भएकाले सचेतना अपनाउन विभाग सल्लाह दिएको छ।  

01-KTM_Pollution_-60202-KTM_Pollution_-60303-KTM_Pollution_-60404-KTM_Pollution_-60705-KTM_Pollution_-60906-KTM_Pollution_-61107-KTM_Pollution_-61208-KTM_Pollution_-60109-KTM_Pollution_-60510-KTM_Pollution_-60611-KTM_Pollution_-60812-KTM_Pollution_-61013-KTM_Pollution_-61314-KTM_Pollution_-614

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप