सुदूरपश्चिमबाट प्रत्यक्ष तर्फ एक मात्र महिला उम्मेदवार विजयी
सारांश
- सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका १८ महिलामध्ये कोमल ज्ञवाली मात्रै विजयी भइन्।
- कैलाली क्षेत्र नम्बर १ बाट रास्वपाकी कोमल ज्ञवाली १७ हजार ८२६ मतसहित निर्वाचित भइन्।
- कञ्चनपुर क्षेत्र नम्बर १ बाट बिना मगर पराजित भइन् भने अधिकांश महिला उम्मेदवारले थोरै मत ल्याए।
धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रत्यक्ष तर्फ प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका १८ जना महिला उम्मेदवारमध्ये एक जना मात्रै जित भएको छ । सुदूरपश्चिमका ९ जिल्लाका १६ निर्वाचन क्षेत्रमा १८ जना महिलाले प्रतिस्पर्धा गरेका थिए। जसमा दुई जना स्वतन्त्र उम्मेदवार समेत थिए ।
चुनावी नतिजा अनुसार कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी कोमल ज्ञवाली मात्र निर्वाचित भएकी हुन्। उनले १७ हजार ८२६ मत प्राप्त गर्दै जित दर्ता गरिन् ।
यस्तै ठुला दलको तर्फबाट उम्मेदवार बनेकी नेपाल कम्युनिस्ट पार्टीकी बिना मगर भने पराजित भएकी छन् । कञ्चनपुर क्षेत्र नम्बर १ बाट चुनाव लडेकी मगरले ११ हजार १ सय १० मत प्राप्त गरे पनि जितका लागि पर्याप्त भएन ।
चुनावमा सहभागी अन्य अधिकांश महिला उम्मेदवारहरू साना दलबाट प्रतिनिधित्व गरेका थिए । सहभागी १८ जनामध्ये केही उम्मेदवारहरूको प्रदर्शन निकै कमजोर रह्यो । कतिपय महिला उम्मेदवारहरूले सय मत समेत कटाउन सकेनन् ।
२०७९ सालको चुनावमा पनि प्रतिनिध सभा सदस्यको चुनावमा कैलालीकै क्षेत्र नम्बर १ बाट नै नागरिक उन्मुक्ति पार्टीकी कि अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ विजयी भएकी थिइन् । सो बेला पनि प्रतिनिधि सभा चुनाव लडेर जित्ने उनी एक मात्र महिला थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण