संसदीय निर्वाचनमा रास्वपाले बनायो तीन ऐतिहासिक रेकर्ड
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय निर्वाचनमा ऐतिहासिक रेकर्ड बनाएको छ, प्रत्यक्षतर्फ धेरै सिट जितेर।
- रास्वपाले १६५ निर्वाचन क्षेत्रमध्ये १२४ सिटमा जित हासिल गरेको छ र प्रतिशतको हिसाबले पनि रेकर्ड बनाएको छ।
- यसअघि माओवादीले २०६४ मा १२० सिट जितेको थियो, तर रास्वपाले अहिले त्योभन्दा धेरै सिट जितेको छ।
काठमाडौँ । हालै सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक रेकर्ड बनाएको छ । प्रत्यक्षतर्फ निर्वाचित सिट सङ्ख्या र प्रतिशतको आधारमा रास्वपाले रेकर्ड कायम गरेको हो ।
हालसम्म आयोगको आधिकारिक मतपरिणाम अनुसार रास्वपाले १६५ निर्वाचन क्षेत्रमध्ये १२४ सिटमा जित हासिल गरिसकेको छ भने एउटा सिटमा अग्रता कायम गरेको छ । एउटै पार्टीबाट प्रत्यक्षतर्फ यति धेरै सङ्ख्या निर्वाचित भएको सङ्ख्या इतिहासमा पहिलोपटक हो ।
यसअघि २०६४ सालको निर्वाचनमा तत्कालीन माओवादीले १२० सिटमा जित हासिल गरेको थियो । तर, त्यतिबेला नेपालमा २४० वटा निर्वाचन क्षेत्र रहेको थियो । अहिले १६५ निर्वाचन क्षेत्रमै रास्वपाले त्योभन्दा धेरैको रेकर्ड बनाएको हो ।
प्रत्यक्षतर्फ निर्वाचित प्रतिशत पनि रास्वपाले बनाएको अर्को रेकर्ड हो । १२१ सिटमा जित निकाल्नु भनेको ७३.३३ प्रतिशत सिट जित्नु हो, जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
यसअघि २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले १०९ मध्ये ७४ सिटमा जित हासिल गरेको थियो । यो ६७.८९ प्रतिशत बराबर हो । त्यसपछिका कुनै पनि चुनावमा त्योभन्दा राम्रो परिणाम प्राप्त भएको छैन ।
२०४८ सालको निर्वाचनमा २०५ सिट रहेकोमा कांग्रेसले ११० सिट जितेको थियो । यो ५३.६५ प्रतिशत हो ।
२०५१ सालमा भएको मध्यावधि निर्वाचनमा सबैभन्दा ठुलो दल बनेको एमालेले २०५ मध्ये ८८ सिट जितेको थियो । यो ४२.९३ प्रतिशत हो ।
२०५६ सालमा भएको निर्वाचनमा कांग्रेसले २०५ मध्ये १११ सिटमा जित निकालेको थियो । यो ५४.१५ प्रतिशत बराबर हो ।
२०६४ सालमा माओवादीले २४० मध्ये १२० सिटमा जित हासिल गरेको थियो, जुन ५० प्रतिशत हो । सो समयमा माओवादीसँग समानुपातिकतर्फ समेत गरि २२० सांसद थिए, जुन सङ्ख्याको आधारमा अहिलेसम्मकै धेरै हो ।
२०७० सालमा कांग्रेस ठुलो दल बन्यो । उसले २४० सिटमध्ये १०५ सिटमा जित हासिल गरेको थियो जुन ४३.७५ प्रतिशत हो ।
२०७४ सालमा एमालेले १६५ सिटमध्ये ८० सिटमा जित हासिल गरेको थियो । त्यतिबेला माओवादीले ३६ सिटमा जित हासिल गरेको थियो ।
२०७९ सालमा कांग्रेसले १६५ मध्ये ५७ सिटमा जित निकालेको थियो जुन ३४.५५ प्रतिशत हो ।
त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीमार्फत एउटै पार्टीले सबैभन्दा धेरै मत ल्याएको यो पहिलो पटक हो । अहिलेसम्म गणना भएको मत अनुसार रास्वपाले ४० लाख मत कटाएको छ । जबकि यसभन्दा अघि २०७४ सालमा एमालेले ३१ लाख ७३ हजार मत ल्याएको थियो ।
२०६४ सालमा माओवादीले ३१ लाख ४४ हजार, २०७० सालमा कांग्रेसले २४ लाख १८ हजार र २०७९ सालमा एमालेले सबैभन्दा धेरै २७ लाख ९१ हजार मत ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण