१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
सोमबार, २५ फागुन २०८२, ११ : २४
सारांश
- पर्सामा १७ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
- वीरगन्जका ५० वर्षीय रामजनम साहलाई आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।
- प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ र किशोरीको स्वास्थ्य परीक्षण भइरहेको छ।
पर्सा । पर्सामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१५ भेडियाही बस्ने ५० वर्षीय भुटन साह भन्ने रामजनम साहलाई आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।
साहले ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरी टोली उनलाई खोज्न खटिएको थियो। वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका साहलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। किशोरीको स्वास्थ्य परीक्षण र अन्य कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण