सलमानको फिल्ममा नयनताराको इन्ट्री
सारांश
- सलमान खान र नयनतारा नयाँ प्यान-इन्डियन फिल्ममा स्क्रिन सेयर गर्ने तयारीमा छन्।
- यो फिल्म वाम्शी पैदिपल्लीद्वारा निर्देशित हुनेछ र दिल राजुको निर्माण कम्पनी अन्तर्गत बन्नेछ।
- फिल्ममा हिन्दी र दक्षिण भारतीय सिनेमाका कलाकारहरू हुनेछन्, जसमा सामन्था रुथ प्रभु पनि हुन सक्छिन्।
नयाँ दिल्ली । ‘ब्याटल अफ गलवान’ पछि, बलिउड अभिनेता सलमान खान एउटा प्यान–इन्डियन फिल्मको हिस्सा बन्ने तयारीमा छन् । यस फिल्ममा उनी एक दक्षिण भारतीय महिला सुपरस्टारसँग स्क्रिन सेयर गर्नेछन् । ती अभिनेत्री नयनतारा हुन् ।
नयनतारा सन् २०२३ मा शाहरुख खानको फिल्म जवानबाट हिन्दी सिनेमामा प्रवेश गरेकी थिइन् । जवानले रेकर्ड तोडेर कमाई गरेको थियो । तर, त्यसपछि नयनताराले हतारमा कुनै पनि हिन्दी फिल्म साइन गरिनन् । अब भने अभिनेत्रीले सलमान खानसँग आफ्नो दोस्रो हिन्दी फिल्ममा काम गर्न लागेको खबर आइरहेको छ ।
सलमानले नयनतारासँग एक प्यान–इन्डिया फिल्ममा रोमान्स गर्नेछन् । मिड डेका अनुसार यस फिल्मलाई वाम्शी पैदिपल्लीद्वारा निर्देशित हुनेछ र दिल राजुको निर्माण कम्पनी अन्तर्गत निर्माण गरिनेछ ।
प्यान इन्डियन दर्शकहरूलाई ध्यानमा राख्दै, फिल्ममा हिन्दी र दक्षिण भारतीय सिनेमा दुवैका केही प्रसिद्ध कलाकारहरू समावेश हुने बताइएको छ । फिल्ममा सलमान र नयनताराले साइन गरिसकेका छन् । सो फिल्ममा सामन्था रुथ प्रभुलाई पनि कास्ट गर्न सकिने बताइएको छ । बाँकी कलाकारहरूको कास्टिङ भइरहेको छ ।
यो निर्देशक पैदिपल्लीको पहिलो हिन्दी फिल्म हुनेछ । सलमान यतिबेला आफ्नो आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को छायाङ्कनमा व्यस्त छन् । यो फिल्म सकिएपछि, उनले नयनतारासँगको आफ्नो दोस्रो फिल्मको छायाङ्कन सुरु गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इराकविरुद्ध फ्रान्सको गोल वर्षा
-
मंगलबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण