दक्षिण कोरियामा ३० वर्षपछि पहिलो पटक इन्धनको मूल्यमा सीमा
सारांश
- दक्षिण कोरियाले इन्धनको मूल्यमा सीमा तोकेको छ, कच्चा तेलको भाउ बढेपछि यस्तो निर्णय लिइएको हो।
- राष्ट्रपति ली जेय म्युङले आपत्कालीन बैठकमा इन्धनको अधिकतम मूल्य सीमा लागू गर्ने निर्णय गरे, जसले अर्थतन्त्रमा दबाब परेको बताए।
- दक्षिण कोरियाले हर्मुज जलडमरुको सट्टा वैकल्पिक मार्गबाट तेल आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएको छ।
सोल । दक्षिण कोरियाले इन्धनको मूल्यमा सीमा तोकेको छ । विश्व बजारमा कच्चा तेलको भाउ प्रति ब्यारेल सय डलर नाघेपछि सोमबार झन्डै ३० वर्षपछि पहिलोपटक इन्धनको अधिकतम मूल्य सीमा (प्राइस क्याप) लागू गर्ने निर्णय गरिएको हो ।
मध्यपूर्वमा जारी युद्धको प्रभाव तेल बजारमा पोखिएपछि यसको प्रतिक्रियामा राष्ट्रपति लि जेय म्युङले सोमबार आपत्कालीन बैठकमा यो निर्णय गरेका हुन् । मध्यपूर्वमा जारी द्वन्द्वका कारण तेलको मूल्य तीव्र रूपमा बढिरहेको र यसले ऊर्जा आयातमा निर्भर दक्षिण कोरियाको अर्थतन्त्रमा ठुलो दबाब परेको उनले बताए ।
दक्षिण कोरियाको उद्योग मन्त्रालयले यो साता नै इन्धनको मूल्य सीमा लागू गर्ने तयारी गरिरहेको राष्ट्रपति कार्यालयका नीति प्रमुखले बताएका छन् । दक्षिण कोरिया विश्वको प्रमुख औद्योगिक अर्थतन्त्र, ठुलो निर्यातकर्ता र जी ट्वेन्टी समूहको महत्त्वपूर्ण सदस्य भएकाले यस्तो कदमलाई ठुलो नीतिगत निर्णयका रूपमा हेरिएको छ ।
राष्ट्रपति लीले भनेका छन्, ‘हाल अत्यधिक बढेको पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न अधिकतम मूल्य प्रणाली छिट्टै लागू गर्नुपर्छ र त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ ।’ सरकारले तेल प्रशोधन कम्पनी र पेट्रोल पम्पहरूले कृत्रिम अभाव सिर्जना गरेर बजार नियन्त्रण गर्न नपाउन भनेर कडा निगरानी गर्ने पनि जनाएको छ ।
साथै, सरकारलाई हर्मुज जलडमरुबाट नभई वैकल्पिक मार्गमार्फत तेल आपूर्ति सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ । गत साता दक्षिण कोरियाले संयुक्त अरब इमिरेट्सबाट ६० लाख ब्यारेलभन्दा बढी कच्चा तेल प्राप्त गर्ने सम्झौता गरेको थियो ।
यसले आपूर्ति स्थिर राख्न सहयोग गर्ने अपेक्षा गरिएको छ । अमेरिका–इजरायल र इरानबिचको द्वन्द्वका कारण आइतबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १०० डलर प्रति ब्यारेल नाघेको थियो ।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पहिलो पटक तेलको भाउ १०० डलरभन्दा माथि पुगेको हो । मध्यपूर्वमा जारी तनाव लामो समयसम्म रह्यो भने विश्व बजारमा कच्चा तेलको भाउ २०० डलरसम्म पुग्न सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण