गण्डकीका १८ मध्ये रास्वपालाई १५ सिट, एमाले शून्य
पोखरा । गण्डकी प्रदेशका १८ वटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
प्रदेशभरि सबैभन्दा सुरुमा मुस्ताङको नतिजा सार्वजनिक गरिएको थियो भने अन्तिममा गोरखा १ को नतिजा बाहिरियो । यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकीमा पहिलो दल बनेको छ । १८ सिटमध्ये रास्वपाले १५ सिट जितेको छ । नेपाली कांग्रेसले २ सिट जितेको छ भने बाँकी एक सिट स्वतन्त्र उम्मेदवारले हात पारेका छन् । नेकपा एमालेले भने यस प्रदेशका कुनै पनि स्थानमा जित हासिल गर्न सकेन ।
हिमाली जिल्ला मनाङ र मुस्ताङमा कांग्रेसले चुनाव जितेको छ । मनाङमा टेकबहादुर गुरुङ र मुस्ताङमा योगेश गौचन विजयी भएका हुन् । यसबाहेक गण्डकीका ८ जिल्लामा रास्वपाले क्लिन स्वीप गरेको छ ।
गोरखाका दुवै क्षेत्र, कास्कीका तीन क्षेत्र, तनहुँका दुवै क्षेत्र, नवलपुरका दुवै क्षेत्र, स्याङ्जाका दुवै क्षेत्र र बागलुङका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी भएका छन् । यस्तै, पर्वत र लमजुङमा पनि रास्वपाले जित निकालेको छ । म्याग्दीमा भने स्वतन्त्र उम्मेदवार महावीर पुन रास्वपाको समर्थनमा विजयी भए ।
कास्की क्षेत्र नम्बर १ मा खडकराज पौडेल (गनेस), क्षेत्र नम्बर २ मा उत्तमप्रसाद पौडेल र ३ मा बिना गुरुङ विजयी भइन् । गोरखा–१ मा सुदन गुरुङ विजयी हुँदा २ बाट कविन्द्र बुर्लाकोटीले जित दर्ता गरे । लमजुङमा धर्म केसी विजयी भए ।
तनहुँ १ मा डा. स्वर्णिम वाग्ले विजयी भए भने २ मा श्रीराम न्यौपानेले जित हासिल गरे । नवलपुर १ मा राजन गौतम र २ मा मनिष खनाल निर्वाचित भए । स्याङ्जा १ मा डा। धनञ्जय रेग्मी र २ मा झविलाल डुम्रे विजयी भए । पर्वतमा सागर भुसाल विजयी भए, यस्तै बागलुङ १ मा सुशील खड्का र २ मा सोम शर्माले जित हासिल गरे ।
२६ वर्षका जेनजीदेखि ७१ वर्षका पाकासम्म
उमेरका हिसाबले सबैभन्दा कान्छा सांसद नवलपुर २ बाट निर्वाचित मनिष खनाल हुन्, उनी मात्र २६ वर्षका छन् । त्यसपछि मुस्ताङका सांसद योगेश गौचन हुन्, उनी ३२ वर्षका छन् । गण्डकीबाट निर्वाचित ७ जना सांसद चालीस वर्षमुनिका छन् । सुदन गुरुङ, राजन गौतम, झविलाल डुम्रे, सुशील खड्का र सोम शर्मा पनि ४० वर्षभन्दा कम उमेरका हुन् ।
यस्तै, ५० वर्षमुनिका ५ जना छन् भने ६ जना ५० वर्षमाथिका हुन् । कविन्द्र बुर्लाकोटी, धर्म केसी, खडकराज पौडेल, उत्तमप्रसाद पौडेल र सागर भुसाल ४० वर्ष कटेका तर ५० वर्षमुनिका सांसद हुन् । टेकबहादुर गुरुङ र महावीर पुन समान ७१ वर्षका छन् ।
गण्डकीबाट दलित क्लस्टरका एकजना पनि प्रत्यक्षमा निर्वाचित हुन सकेनन् । आदिवासी जनजातिहरूबाट भने ४ जना निर्वाचित भए । तर, समानुपातिक सूचीमा सबै दलहरूबाट गण्डकी प्रदेशबाट पनि विभिन्न क्लस्टरका सांसदहरू आउनेछन् । समानुपातिक मतगणना भने जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण