प्रत्यक्षतर्फ ८ सिटमा खुम्चियो नेपाली कम्युनिस्ट पार्टी, प्रचण्डसहित यी हुन् विजयी उम्मेदवार
सारांश
- प्रतिनिधि सभा निर्वाचनमा नेकपाले ८ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ।
- पार्टीका नेताहरू पुष्पकमल दाहाल 'प्रचण्ड' र वर्षमान पुनसहितका नेताहरूले निर्वाचन जितेका छन्।
- रोल्पा, सल्यान, सिन्धुपाल्चोक, रुकुम पश्चिम, रुकुम पूर्व, कालीकोट, डोल्पा र धनुषामा नेकपा विजयी भएको छ।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मत परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टी देशभरका ८ निर्वाचन क्षेत्रमा विजयी भएको छ । १६५ निर्वाचन क्षेत्रमध्ये ८ स्थानमा जित हात पार्दै नेकपा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको छ ।
निर्वाचन आयोगको तथ्याङ्कअनुसार पार्टी संयोजक समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वमन्त्री वर्षमान पुनसहितका नेताहरूले जित हासिल गरेका छन् । पार्टीका तर्फबाट रोल्पा निर्वाचन क्षेत्र नं १ मा वर्षमान पुनले सबैभन्दा बढी २७ हजार ४ सय ६० मत प्राप्त गरी जित सुनिश्चित गरेका छन् ।
यस्तै, सल्यान निर्वाचन क्षेत्र नं. १ बाट रमेश कुमार मल्ल २३ हजार १ सय ८९ मतका साथ विजयी भएका छन् भने सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २ बाट युवराज दुलाल २१ हजार ६ सय ९९ मतसहित निर्वाचित भएका छन् । पश्चिम पहाडका जिल्लाहरूमा पनि पार्टीले आफ्नो उपस्थिति जोगाएको छ, जहाँ रुकुम पश्चिम निर्वाचन क्षेत्र नं. १ बाट गोपाल शर्मा २१ हजार ६ सय ९ मत ल्याएर विजयी भएका छन् ।
पार्टीका संयोजक प्रचण्ड रुकुम पूर्व निर्वाचन क्षेत्र नं. १ बाट १० हजार २ सय ४० मतका साथ निर्वाचित भएका छन् । त्यस्तै कालीकोट निर्वाचन क्षेत्र नं. १ बाट महेन्द्र बहादुर शाही ११ हजार ७ सय ३४ मत र डोल्पा निर्वाचन क्षेत्र नं. १ बाट धन बहादुर बुढा ६ हजार ८ सय २ मतका साथ विजयी भएका छन् । मधेस प्रदेशको धनुषा निर्वाचन क्षेत्र नं. १ बाट पूर्वमन्त्री मातृका प्रसाद यादव १० हजार ४ सय ३ मतसहित निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण