शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

काभ्रेपलान्चोकका दुवै क्षेत्रमा रास्वपा विजयी: समानुपातिकमा पहिलो

मङ्गलबार, २६ फागुन २०८२, ०१ : ५२
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • काभ्रेपलाञ्चोकका दुवै क्षेत्रमा रास्वपाले चुनाव जित्यो र समानुपातिकमा पनि अगाडि रह्यो।
  • क्षेत्र नं १ मा रास्वपाले ३२,६२९ मत ल्यायो भने कांग्रेस दोस्रो स्थानमा रह्यो।
  • क्षेत्र नं २ मा रास्वपाले ५५,५३३ मत ल्याएर अग्रता लियो, कांग्रेस दोस्रोमा रह्यो।

काभ्रेपलान्चोक । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलान्चोकको दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी हुँदा पनि समानुपातिक मतमा पनि पहिलो भएको छ ।

काभ्रेपलाञ्चोकमा सोमबार साँझ सम्पन्न समानुपातिक मत परिणामअनुसार दुवै क्षेत्रमा रास्वपा पहिलो बनेको हो । मतपरिणमअनुसार रास्वपाले काभ्रेपलाञ्चोकमा ८८ हजार १६२ समानुपातिक मत पाएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नं १ मा रास्वपाले ३२ हजार ६२९ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेस १४ हजार ५५१, राष्ट्रिय परिवर्तन पार्टी १३ हजार ६९९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ११ हजार ९५२ र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ११ हजार ३८६ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी एक हजार ४४८ मत प्राप्त गरेको छ ।

काभ्रेपलान्चोक–२ मा रास्वपाले ५५ हजार ५३३ मत प्राप्त गरी अग्रता लिएको छ । उक्त क्षेत्रमा अन्य प्रमुख दल नेपाली कांग्रेस १४ हजार ७४५, एमाले १२ हजार ७८२, राष्ट्रिय परिवर्तन पार्टी सात हजार २७६, नेकपा छ हजार ५४, राप्रपा दुई हजार ४२६ मत प्राप्त गरेका छन् ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत निकुञ्ज श्रीवास्तवका अनुसार दुवै क्षेत्रमा रास्वपाले अग्रता कायम गरेको हो । दुवै क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार विजयी भएका जनाउँदै क्षेत्र नं १ मा मधुकुमार चौलागाईँ र क्षेत्र नं २ मा बदनकुमार भण्डारी विजयी भएका उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप