‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु
मङ्गलबार, २६ फागुन २०८२, ०८ : ५५
सारांश
- फिल्म 'माया भनेकै यस्तो होला' को छायाङ्कन काठमाडौंमा सुरु भएको छ।
- अभिनेत्री रेखा थापाले झन्डै आठ वर्षपछि फिल्म निर्देशनमा फर्केकी हुन्।
- फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठलगायतका कलाकारको अभिनय रहनेछ।
काठमाडौँ । फिल्म ‘माया भनेकै यस्तो होला’को छायाङ्कन सुरु भएको छ । सोमवार काठमाडौँको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कबाट फिल्मको छायाङ्कन सुरु भएको हो ।
फिल्म अभिनेत्री रेखा थापाले निर्देशन गर्दै छिन् । थापा झण्डै आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । गत फागुन ३ गते महाशिवरात्रिको अवसरमा निर्माण घोषणा भएको फिल्म ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण थालिएको हो ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, लक्ष्मी गिरी, विशाल पहाडी, रवि डंगोल (बेमान), संगम भण्डारी, सुजाता श्रेष्ठ, विनोद पौडेल लगायतका कलाकारको पनि अभिनय रहनेछ। फिल्म प्रेमको वास्तविक परिभाषा खोज्ने प्रयास गर्ने बताइएको छ ।
फिल्म छायाङ्कन काठमाडौँ आसपासका विभिन्न स्थानमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण