हर्मुज जलडमरूमा तेल आपूर्ति रोकिए कडा आक्रमण गर्ने ट्रम्पको चेतावनी
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई हर्मुज जलडमरूमार्फत तेल आपूर्ति रोके सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्।
- ट्रम्पले इरानले यस्तो गरेमा २० गुणा कडा प्रहार गर्ने र इरानलाई पुनः उठ्न नसक्ने बनाउने बताए।
- हर्मुज जलडमरू विश्वको महत्त्वपूर्ण ऊर्जा मार्ग हो, जहाँबाट तेलको ओसारपसार हुन्छ।
तेहरान । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले हर्मुज जलडमरू हुँदै हुने तेल आपूर्ति रोक्ने प्रयास गरे झन कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट लेख्दै ट्रम्पले इरानले यस्तो कदम चाल्यो भने उसलाई अहिलेसम्मको भन्दा २० गुणा कडा प्रहार गरिने बताएका हुन् ।
ट्रम्पले लेखेका छन्, ‘यदि इरानले हर्मुज जलडमरुमार्फत हुने तेलको प्रवाह रोक्ने कुनै कदम चाल्यो भने अमेरिकाले उसलाई अहिलेसम्म गरेको भन्दा २० गुणा कडा प्रहार गर्नेछ ।’ सजिलै ध्वस्त पार्न सकिने लक्ष्यहरूलाई निशाना बनाइने चेतावनी दिँदै त्यसले इरानलाई पुनः उभिन लगभग असम्भव बनाउने दाबी पनि उनले गरेका छन् । ट्रम्पले मृत्यु, आगो र विनाश सबै इरानमाथि बर्सिने चेतावनीसमेत दिएका छन् । तर यस्तो अवस्था नआओस् भन्ने आशा र प्रार्थना पनि उनले गरेका छन् ।
हर्मुज जलडमरू विश्वकै सबैभन्दा महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक मानिन्छ । विश्वमा ढुवानी हुने कुल कच्चा तेलको करिब पाँचौँ भाग यही जलमार्गबाट ओसारपसार हुने गर्दछ । ट्रम्पले आफ्नो चेतावनीलाई चीन तथा हर्मुज मार्गमा निर्भर अन्य देशहरूका लागि अमेरिकाबाट दिइएको उपहार समेत भनेका छन् । चीन र अन्य एशियाली देशहरू यही जलमार्गबाट आयात हुने इन्धनमा निर्भर छन् । तर इरान युद्ध सुरु भएपछि यो बाटो ठप्पै भएको छ ।
यसअघि इरानको इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)ले भने इजरायल र अमेरिकाका राजदूतहरूलाई आफ्नो देशबाट निष्कासन गर्ने खाडी वा युरोपेली देशहरूलाई मंगलबारदेखि हर्मुज जलडमरूबाट निर्बाध आवागमन अनुमति दिइने घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण