पोखराको जुवा खालबाट ५ जना पक्राउ
सारांश
- पोखरामा जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्।
- प्रहरीले उनीहरुको साथबाट नगद र तास बरामद गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको छ र म्याद थप गरिएको छ।
कास्की । पोखरा महानगरपालिका वडा नं. १९ अकलादेवीस्थित एक स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई रङ्गेहात पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलीले फागुन २३ गते दिउँसो साढे २ बजेतिर छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जुवाको खालबाट प्रहरीले नगद ९९ हजार ८ सय ५५ रुपैयाँ र एक बुक तास समेत बरामद गरेको छ। पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखी कानुनी कारबाही अगाडि बढाइएको छ। प्रहरीले उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा म्याद थप गरेको छ।
अदालतबाट १० दिनको म्याद लिएर यस घटनाका सम्बन्धमा थप विस्तृत अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण