भैरव र भद्रकालीको रथ निर्माणको तयारी सुरु
मङ्गलबार, २६ फागुन २०८२, १३ : ३०
सारांश
- भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राको लागि भैरव र भद्रकालीको रथ निर्माणको तयारी सुरु भएको छ।
- जात्राको लागि आवश्यक चक्का लगायतका धेरै काठ पुराना भएकाले नयाँ काठहरू ल्याएर रथ निर्माण गरिँदै छ।
- नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने जात्रामा चैत मसान्तमा लिङ्गो उठाइने र वैशाख १ गते लिङ्गो ढालेर जात्रा मनाइन्छ।
भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माणको तयारी सुरु गरिएको छ । जात्राका लागि भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको रथ निर्माणको आवश्यक तयारी सुरु गरिएको हो ।
रथका लागि आवश्यक चक्कालगायतका धेरै काठ पुराना भएकाले नयाँ काठहरू ल्याएर रथ निर्माण गर्न लागिएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर जात्रा मनाइन्छ ।
जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माणका लागि सम्पूर्ण सामाग्रीको व्यवस्थापन गुठी संस्थानले गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण