नवनिर्वाचित सांसदलाई बधाई दिँदै ट्रान्सपरेन्सीले भन्यो– लोकतन्त्रको आवरणमा हुने लुटतन्त्र बन्द होस्
सारांश
- ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नवनिर्वाचित जनप्रतिनिधिलाई लोकतन्त्रको आवरणमा हुने लुटतन्त्र अन्त्य गर्न आग्रह गरेको छ।
- निर्वाचनको परिणामले नेपाली जनताको सुशासन र समृद्धिको चाहना देखाएको छ, जसले जनहितमा काम गर्न ध्यानाकर्षण गराएको छ।
- संस्थाले नवनिर्वाचित प्रतिनिधि सभा र सङ्घीय सरकारले नागरिकको विश्वासको सम्मान गर्दै सुशासन कायम गर्नुपर्नेमा जोड दिएको छ।
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नवनिर्वाचित जनप्रतिनिधि र राजनीतिक दलहरूलाई लोकतन्त्रको आवरणमा हुने लुटतन्त्र अन्त्य गर्न आग्रह गरेको छ।
भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले नेपाली जनताको सुशासन र समृद्धिको चाहनालाई अभूतपूर्व रूपमा प्रदर्शन गरेको निष्कर्ष निकाल्दै संस्थाले सत्ता र शक्तिलाई निजी वा दलीय स्वार्थमा नभई जनहितमा प्रयोग गर्न ध्यानाकर्षण गराएको हो।
अध्यक्ष मदन कृष्ण शर्माद्वारा जारी विज्ञप्तिमा युवा पुस्ताको भावना र संलग्नता अङ्गालेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत सम्पूर्ण राजनीतिक दलबाट विजयी जनप्रतिनिधिहरूलाई बधाई ज्ञापन गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, 'कानुनी राज्यको उपहास गर्दै चरम भ्रष्टाचारले देशको अवस्था सोच्नै नसक्ने गरी कमजोर र शिथिल बनाउन जिम्मेवार राजनीतिक दल र प्रतिनिधिहरूलाई पाखा लगाउन सफल यस निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ।'
नागरिकले दिएको यस अभूतपूर्व जनादेश र विश्वासलाई अब गठन हुने प्रतिनिधि सभा र सङ्घीय सरकारले पूर्ण सम्मान गर्नुपर्ने संस्थाको भनाइ छ। निर्वाचनमा मत माग्दा जनतासामु गरेका बाचाप्रति पूर्ण प्रतिबद्ध रही, कुनै पनि बहानामा विलम्ब हुन नदिई आम नागरिकले सुशासनको स्पष्ट अनुभूति गर्ने गरी काम गर्न संस्थाले सरकारसँग अपेक्षा गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
-
सीमा विवाद भावनात्मक बहस होइन, तथ्य प्रमाणमा समाधान खोज्छौँ : रवि लामिछाने
-
के छ रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)
-
रवि लामिछानेको राजनीतिक प्रतिवेदन : परम्परागत ‘वामपन्थी’ र ‘दक्षिणपन्थी’ होइनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण