सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्ट्रेलियामा आश्रय पाएकी इरानी महिला फुटबल खेलाडीले गरिन् स्वदेश फर्किने निर्णय

बुधबार, २७ फागुन २०८२, १२ : १३
बुधबार, २७ फागुन २०८२

सारांश

  • एसियन कपबाट बाहिरिएपछि इरानी महिला फुटबल टोलीकी एक खेलाडीले अस्ट्रेलियामा शरण लिन अस्वीकार गर्दै इरान फर्किने निर्णय गरिन्।
  • खेलअघि राष्ट्रिय गान गाउन अस्वीकार गरेपछि सुरक्षा चिन्ता बढेको थियो, जसले गर्दा अस्ट्रेलियाले सुरुमा पाँच जनालाई मानवीय भिसा दिएको थियो।
  • अस्ट्रेलियाका गृहमन्त्रीका अनुसार ती खेलाडीले आफ्नो निर्णय परिवर्तन गर्दै इरान फर्किने निर्णय गरेकी हुन्, र दूतावासलाई सम्पर्क गरेकी थिइन्।

तेहरान । एसियन कपबाट बाहिरिएपछि अस्ट्रेलियामा रहेका इरानी महिला फुटबल टोलीका सदस्यहरूमध्ये एक खेलाडीले आश्रयको प्रस्ताव अस्वीकार गर्दै स्वदेश फर्किने निर्णय गरेकी छिन् ।

यसअघि खेलअघि टोलीका केही सदस्यले राष्ट्रिय गान गाउन अस्वीकार गरेपछि उनीहरूको सुरक्षाबारे चिन्ता व्यक्त गरिएको थियो । त्यसपछि अस्ट्रेलियाले टोलीका पाँच सदस्यलाई मानवीय भिसा दिएको थियो । पछि थप दुई सदस्यले पनि अस्ट्रेलियामै बस्ने प्रस्ताव स्वीकार गरेका थिए ।

तर आश्रय पाएकामध्ये एक खेलाडीले आफ्नो निर्णय परिवर्तन गर्दै इरान फर्किने निर्णय गरेकी हुन् । ती खेलाडीको पहिचान भने सार्वजनिक गरिएको छैन । अस्ट्रेलियाका गृह मामिला मन्त्री टोनी बर्कका अनुसार बुधवार बिहान करिब १०ः ०० बजेतिर उनलाई उक्त निर्णयबारे जानकारी गराइएको थियो ।

‘अस्ट्रेलियामा मानिसहरू आफ्नो निर्णय परिवर्तन गर्न स्वतन्त्र हुन्छन् र यात्रा गर्न पनि सक्छन् । त्यसैले उनले जुन सन्दर्भमा यस्तो निर्णय लिएकी हुन्, त्यसलाई हामी सम्मान गर्छौ’ बर्कले भने ।

उनका अनुसार उक्त खेलाडीले आफ्ना टोलीका साथी र प्रशिक्षकको सल्लाहमा इरानी दूतावासलाई सम्पर्क गरेर स्वदेश फर्किने व्यवस्था गर्न भनेकी थिइन् । यस निर्णयपछि अस्ट्रेलियामा रहेका बाँकी ६ इरानी महिला खेलाडीहरूको बसोबास स्थान पनि परिवर्तन गर्नुपरेको मन्त्री बर्कले बताए ।

इरानी दूतावासले खेलाडीहरूको बस्ने स्थानबारे जानकारी पाएपछि उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै उनीहरूलाई अन्यत्र सारिएको बर्कले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप