काठ निकासी घुस प्रकरण : ३ जनालाई कैद र जरिवानाको फैसला
सारांश
- विशेष अदालतले सामुदायिक वनको काठ निकासी र छोडपुर्जी मिलाइदिने बहानामा घुस लिने ३ जनालाई दोषी ठहर गरेको छ।
- पूर्ण शङ्कर यादवलाई १ वर्ष ३ महिना कैद र २ लाख ४२ हजार ३ सय ३३ रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको छ।
- किशन सिंह साउद र प्रेमसिंह ठगुन्नालाई जनही १ वर्ष कैद र जरिवाना तथा पीडित राहत कोषमा क्षतिपूर्ति भराउने फैसला गरियो।
काठमाडौँ । सामुदायिक वनको काठ निकासी र छोडपुर्जी मिलाइदिने बहानामा घूस लिएको अभियोगमा विशेष अदालतले पूर्ण शङ्कर यादवसहित ३ जनालाई दोषी ठहर गर्दै कैद र जरिवाना हुने फैसला सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले घुस प्रकरणमा जोडिएका तीन जनालाई दोषी ठहर गरेको हो । अदालतले पूर्ण शङ्कर यादवलाई १ वर्ष ३ महिना कैद र २ लाख ४२ हजार ३ सय ३३ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।
त्यस्तै किशन सिंह साउद र प्रेमसिंह ठगुन्नालाई जनही १ वर्ष कैद र २ लाख ४२ हजार ३ सय ३३ रुपैयाँ जरिवाना सुनाएको छ । साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम पीडित राहत कोषका लागि जनही ९६ हजार ९ सय ३३ रुपैयाँ क्षतिपूर्ति शुल्क समेत भराउने फैसला गरेको छ ।
सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रहेका प्रेम सिंह ठगुन्नाको लागि भन्दै प्रतिवादी पूर्ण शङ्कर यादवले उजुरीकर्ता किशन सिंह साउद (विशाल) बाट ७ लाख २७ हजार रुपैयाँ घूस लिएका थिए । सो रकम वनको घाटगद्दी गरिएको काठको विमा र छोडपुर्जीका लागि माग गरिएको थियो । अख्तियारको टोलीले उक्त रकम यादवको कार्यकक्षबाटै बरामद गरेको थियो ।
प्रतिवादीहरूले अदालतमा बयान फेरे तापनि अख्तियारले सङ्कलन गरेको अडियो रेकर्ड, टेलिफोन संवादको ट्रान्सक्रिप्ट र विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनका आधारमा उनीहरू दोषी देखिएका हुन् । बरामद भएको नोटको नम्बर र उजुरीकर्तासँगको फोन संवादलाई अदालतले मुख्य प्रमाणको रूपमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण