दलित समुदायमाथि हिंसाका घटना बढेको भन्दै खबरदारीसहित प्रदर्शन (तस्बिरहरू)
सारांश
- दलित समुदायमाथि हिंसाका घटना बढेको भन्दै अधिकारकर्मी र युवाहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्।
- पीडितको न्यायका लागि माइतीघरमा खबरदारीसहित प्रदर्शन गर्दै मृतकको शान्तिका लागि दीप प्रज्वलन गरियो।
- प्रदर्शनकारीले महिला हिंसा अन्त्य र बलात्कारीलाई कडा कारबाहीको माग गर्दै दलित मुद्दालाई अघि बढाउन जोड दिए।
काठमाडौँ । दलित समुदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी तथा युवाहरूले काठमाडौँमा खबरदारीसहित प्रदर्शन गरेका छन् ।
देशभर दलितमाथि हिंसा, बलात्कार र हत्या बढ्दै गएको भन्दै पीडितहरूको न्यायका लागि भन्दै उनीहरुले बुधवार काठमाडौँको माइतीघरमा खरदारीसहित प्रदर्शन गरेका हुन् । साथै उनीहरुले मृतकको आत्माको शान्तिका लागि दीप प्रज्वलन समेत गरेका छन् ।
_XxxE1KvEqe.jpg)
प्रदर्शनमा सहभागीहरूले महिला हिंसा अन्त्य गर, बलात्कारीलाई कडा कारबाही गर, सरकार बदलियो, समाज बदलिएन, महिला शोषण विरुद्ध एक हौँ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
उनीहरुले निर्वाचनपछि दलित समुदायका व्यक्तिहरू संसदमा पुगेकाले अव दलितहरूको मुद्दालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
साथै उनीहरुले यसअघि सडकमा बसेरसँगै आन्दोलन गरेकाहरुले संसद् र सरकारबाट दलित अधिकारका लागि गम्भीर भएर काम गर्नुपर्ने जनाएका छन् ।
_XD6cGKwGHV.jpg)
_0rie32Pg3h.jpg)
_kzqnDAyFbT.jpg)
_7dVolOzH15.jpg)
_QojgR5i4rT.jpg)
_mVZhYvslJb.jpg)
_clPm4o5go5.jpg)
_S7lXXDhchM.jpg)
_Tg1ahfMiVA.jpg)
_fKWpCic9oK.jpg)
_1ki3arvN6y.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण