कोशीमा राजनीतिक उथलपुथल, एमाले चौथो, कांग्रेस तेस्रो
सारांश
- २०८२ सालको निर्वाचनमा कोशी प्रदेशमा रास्वपाले सर्वाधिक मत ल्यायो भने श्रम संस्कृति पार्टी दोस्रो स्थानमा रह्यो।
- नेकपा एमाले र नेपाली कांग्रेसले अघिल्लो निर्वाचनको तुलनामा नराम्रो नतिजा ल्याए भने राप्रपाको मतमा गिरावट आयो।
- श्रम संस्कृति पार्टीले कांग्रेस र एमालेलाई पछि पार्दै दोस्रो स्थान हासिल गर्यो, जसले सबैको ध्यान आकर्षित गर्यो।
विराटनगर । २०८२ सालको प्रतिनिधि सभा निर्वाचनअन्तर्गत कोशी प्रदेशको समानुपातिकतर्फको मत परिणामले परम्परागत राजनीतिक दललाई ठुलो धक्का दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीको जबर्जस्त उदय देखाएको छ ।
अन्तिम तथ्याङ्कअनुसार कोशी प्रदेशमा अघिल्लो निर्वाचनका प्रमुख शक्तिहरू नेकपा एमाले र नेपाली कांग्रेस यस पटक नराम्ररी पछारिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक मतसहित पहिलो स्थान ओगटेको छ । त्यसैगरी, भर्खरै उदाएको श्रम संस्कृति पार्टीले समेत पुराना दलहरूलाई उछिनेर दोस्रो स्थान हासिल गरेको छ ।
मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ८ लाख ५३ हजार १८३ मत पाउँदा श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार ४९ मत पाएको छ । नेपाली कांग्रेस २ लाख ९० हजार ५६२ मतसहित तेस्रो बन्दा नेकपा एमाले २ लाख ८८ हजार १८६ मतसहित चौथो शक्ति बनेको छ ।
अघिल्लो निर्वाचनमा पाँचौँ स्थानमै रहेको नेपाली कम्युनिष्ट पार्टी यस पटक पनि पाँचौँ नै बनेको छ । नेपाली कम्युनिष्ट पार्टीले यसपटक ९७ हजार ६७९ मत पाएको छ भने यसअघि चौथो शक्तिको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने ६२ हजार ८२९ मतसहित छैटौँ बनेको छ ।
२०७९ सालको निर्वाचनमा तत्कालीन प्रदेश नं. १ (हाल कोशी) मा नेकपा एमाले ६ लाख ६५ हजार ४६० समानुपातिक मत ल्याएर पहिलो शक्ति बनेको थियो । तर २०८२ को यस निर्वाचनमा एमालेको मत खुम्चिएर २ लाख ८८ हजार १८६ मा सीमित भएको छ । जसका कारण एमाले पहिलो स्थानबाट सिधै चौथो स्थानमा झरेको हो ।
त्यस्तै, २०७९ मा ५ लाख ६२ हजार ९५६ मतसहित दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस यसपटक २ लाख ९० हजार ५६२ मतमात्र प्राप्त गर्दै तेस्रो स्थानमा खुम्चिन पुगेको छ । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसपटक भने आफ्नो जनमतमा अभूतपूर्व वृद्धि गर्दै ८ लाख ५३ हजार १८३ मतका साथ एकछत्र राज गरेको छ ।
अघिल्लो निर्वाचनमा १ लाख ९८ हजार ५११ मतसहित बलियो चौथो शक्ति रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवस्था पनि यसपटक खस्किएको छ । राप्रपा जम्मा ६२ हजार ८२९ मतसहित छैटौँ स्थानमा पुगेको छ । त्यस्तै, अघिल्लो पटक पाँचौँ शक्ति रहेको माओवादी÷एकीकृत समाजवादी लगायतका परम्परागत कम्युनिष्ट घटकहरूको स्थान पाँचौँ स्थानमै रहे पनि झन्डै डेढ लाख मत घटेको छ ।
यस निर्वाचनमा श्रम संस्कृति पार्टीको उदय सबैको लागि चासोको विषय बनेको छ । कसैले अनुमान नगरेको यो नयाँ दलले पहिलो प्रयासमै २ लाख ९२ हजार ४९ मत प्राप्त गरी कांग्रेस र एमाले जस्ता पुराना र स्थापित दललाई पछि पार्दै प्रदेशकै दोस्रो ठुलो दल बन्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण