गुल्मीमा एक लाख घुस सहित सव–इञ्जिनियर रंङ्गेहात पक्राउ
शनिबार, १२ साउन २०७५, ११ : ०१
गुल्मी– गुल्मीको एक सडकमा काम गर्न सेवाग्राहीबाट एक लाख घुस लिँदै गरेको अवस्थामा सब इन्जिनियर रंङ्गेहात पक्राउ परेका छन् ।
तम्घास सिमलटारी प्युठान सडक आयोजनामा काम गर्ने सव ईञ्जिनियर प्रकाश झा अख्तियार दुरुपयोग अनुसन्धान आयेग क्षेत्रिय कार्यालय बुटवलको टोलीद्धारा आज विहान पक्राउ परेका हुन् ।
सदरमुकाम तम्घासको बसपार्कमा डेरा गरी बसेका उनले शनिवारको दिन पारेर निर्माण कार्यमा संग्लग्न ब्यवसायीलाई ‘रनिङ्ग विल’ भुक्तानीका लागि एक लाख घुस मागी भुक्तानी दिन बोलाएका थिए ।
उक्त कुराको सुचना प्राप्त गरी वुटवलबाट आएको टोलीले कोठाबाटै पक्राउ गरेको हो ।
तम्घास सिमलटारी प्युठान सडक आयोजना पिज गर्ने क्रममा अर्खलेमा केहि महिना अगाडी कम गुणस्तरको काम भई रहेको भन्दै स्थानियले विरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियम विपरीत शैक्षिक उपाधि लिएका सिएमजी युनिभर्सिटीका ११ जनाको समकक्षता रद्द
-
नेपालको सुरक्षा खर्चमा वृद्धि : दक्षिण एसियामा नेपाल कति असुरक्षित ?
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण