कस्तो रह्यो रातोपाटीको चुनावी रिपोर्टिङ ?
सारांश
- प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम आउने क्रममा, रास्वपाले राम्रो जनमत प्राप्त गर्यो।
- रास्वपाले १८२ सिट जित्दै दुईतिहाइ बहुमतको नजिक पुगेको छ, कांग्रेसले ३८ सिट मात्रै जित्यो।
- निर्वाचनबाट ६ वटा दल राष्ट्रिय पार्टी बन्ने र रातोपाटीले निर्वाचन सम्बन्धी समाचार अपडेट गर्यो।
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम आउने क्रममा छ । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभूतपूर्व जनमत प्राप्त भएको छ । रास्वपा प्रत्यक्षमा १२५ सिट र समानुपातिकमा ५७ गरी कुल १८२ सिट जित्दै दुईतिहाइ बहुमत नजिक पुग्ने देखिन्छ । नेपाली कांग्रेसले प्रत्यक्षमा १८ सिट समानुपातिकमा २० गरी कुल ३८ सिट, नेकपा एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ गरी कुल २५ सिट, नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षमा ८ र समानुपातिकमा ९ गरी कुल १७ सिट, नयाँ दल श्रम संस्कृति पार्टीले प्रत्यक्षमा ३ र समानुपातिकमा ४ गरी कुल ७ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा १ र समानुपातिकमा ४ गरी कुल ५ सिट जित्ने भएका छन् । एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
निर्वाचनबाट ६ वटा दल राष्ट्रिय पार्टी र उनीहरू मात्रै संसद्मा पुग्नेछन् । रास्वपाको पक्षमा जनलहर देखिँदा पुराना पार्टीहरूको आकार निकै खुम्चिएको छ । कोशी प्रदेशमा श्रम संस्कृति पार्टीको लहर पनि जबर्जस्त देखिएको छ ।
रातोपाटीले निर्वाचनसम्बन्धी समाचार र मत परिणाम अपडेट पाठक र दर्शकलाई समयमै दिने कोसिस गर्यो । निर्वाचनसम्बन्धी छुट्टै पोर्टल बनाइएको छ भने सामाजिक सञ्जालका हरेक प्लेटफर्मबाट पाठक र दर्शकलाई सुसूचित गराउने काम गरेको छ । चुनावको संघारमा देशका विभिन्न क्षेत्रमा पुगेर स्थलगत रिपोर्टिङ गर्यो । रातोपाटी टिमले चुनावी रिपोर्टिङ, मत गणना तथा परिणाम अपडेट र समग्र चुनावको बारेमा गरिएको छलफल र विश्लेषण भिडियोमा हेर्न-सुन्न सकिन्छ ।
भिडियो : मनोज खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण