प्रभावक्षेत्रमै कमजोर बने बाबुराम
सारांश
- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पार्टी गोरखामा कमजोर सावित भयो, प्रत्यक्षमा उम्मेदवार नै थिएन।
- प्रगतिशील लोकतान्त्रिक पार्टीले समानुपातिकमा १ हजार मत कटाउन मुस्किल गर्यो, नेपाली कांग्रेसलाई सघाएको थियो।
- गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै मत ल्यायो, नेपाली कांग्रेस दोस्रो भयो।
पोखरा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रभाव क्षेत्र मानिने गोरखामा यसपालि त्यस्तो रहेन । उनी संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीले यस जिल्लामा प्रत्यक्षमा उम्मेदवार उठाएको भने थिएन ।
सुरुमा क्षेत्र नम्बर २ बाट उनै भट्टराई र क्षेत्र नम्बर १ बाट गोपालबाबु श्रेष्ठ उम्मेदवार बनेका थिए । अरू दलहरूको समेत समर्थन पाउने आस गरेका भट्टराईले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए । भट्टराईको उम्मेदवारी फिर्तासँगै श्रेष्ठ पनि 'ब्याक' भए । उक्त पार्टी गोरखामा प्रत्यक्षतर्फ उम्मेदवारविहीन भयो ।
त्यसपछि प्रलोपाले प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउन आफ्ना नेता कार्यकर्तालाई उर्दी जारी गर्यो । धेरैले बाबुरामको उम्मेदवारी कायम रहेको भए जित्ने आकलन गरिरहेका बेला उनी आबद्ध दल गोरखामा निकै कमजोर सावित भयो ।
जिल्लाभरबाट प्रलोपाले समानुपातिकमा बल्लबल्ल १ हजार मत कटाएको छ । प्रलोपाले दुवै क्षेत्रबाट १ हजार १ सय २३ मत पाएको हो । प्रलोपाभन्दा बढी मत श्रम संस्कृति पार्टीले पाएको छ । हर्क साम्पाङ नेतृत्वको उक्त पार्टीले गोरखाबाट १ हजार १ सय ८२ मत पाएको हो । प्रलोपालाई गोरखाका दुवै क्षेत्रबाट लगभग उस्तै मत परेको छ । क्षेत्र नम्बर १ बाट ५ सय ४१ मत बटुलेको प्रलोपाले २ बाट ५ सय ८२ मत पायो ।
श्रम संस्कृतिले १ मा भन्दा २ मा बढी मत पायो । १ मा ४ सय ८६ मत मात्रै पाएको श्रम संस्कृतिले २ बाट ६ सय ९६ मत पायो ।
गोरखाबाट पनि समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी नै पहिलो दल भएको छ । रास्वपाले ५८ हजार ५ सय ५२ मत पाउँदा दोस्रो भएको नेपाली कांग्रेसले मुस्किलले २४ हजार ५ सय १६ मत पायो । आधार इलाका ठान्ने नेकपाले २० हजार ९ सय ५३ र नेकपा एमालेले ६ हजार ७ सय २० मत प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण