एमाले उपमहासचिव योगेश भट्टराईलाई गण्डकीका मन्त्री पाठकले एजेन्ट भनेपछि...
सारांश
- एमाले उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको एजेन्डा अघि सारेका छन्, नेतृत्व तयार नभए अप्रिय निर्णय लिने बताए।
- गण्डकीका स्वास्थ्यमन्त्री कृष्ण पाठकले भट्टराईलाई अमुक शक्ति केन्द्रको एजेन्टको आरोप लगाएका छन्।
- पाठकले भट्टराईको टिप्पणीलाई अराजक र अनुशासनहीन भएको बताएका छन्, उनी अध्यक्ष केपी शर्मा ओली निकट हुन्।
पोखरा । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले चुनावी समीक्षा गर्दै नेतृत्वको राजीनामा र पार्टी पुनर्गठनको एजेन्डा सुरु गरेका छन् । उनले विभिन्न मिडियाहरूमा आफ्ना विचार राख्दै पार्टीलाई पुनर्गठन गर्ने र नेतृत्व त्यसका लागि तयार नभए अप्रिय निर्णय लिने बताएका थिए ।
सोही सन्दर्भलाई लिएर गण्डकीका स्वास्थ्य मन्त्री तथा एमाले नेता कृष्ण पाठकले उनलाई अमुक शक्ति केन्द्रबाट सञ्चालित एजेन्ट भन्दै आरोप लगाएका छन् । उनले पार्टी करेक्सन हुनुपर्ने भए पनि भट्टराईले गरेको टिप्पणी गलत भएको बताए ।
‘एमाले करेक्सन हुनुपर्छ र हुन्छ पनि । तर योगेश जस्तो अराजक, असहिष्णु, चरम पूर्वाग्रही र एमाले सक्न अमुक शक्तिकेन्द्रबाट सञ्चालित एजेन्टको अराजक अभिव्यक्तिलाई अनुशासनको दायरामा तान्नुपर्छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन् । पाठक अध्यक्ष केपी शर्मा ओली निकटका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण