‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि
सारांश
- प्रधानमन्त्री कप क्रिकेटका लागि गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु हुँदैछ।
- प्रतियोगिता पोखरा रङ्गशाला र इडन हेभेन क्रिकेट मैदानमा चैत ३ गतेसम्म चल्नेछ।
- उत्कृष्ट खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा सहभागी गराइनेछ।
कास्की । ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगिता बिहीबारदेखि पोखरामा सुरु हुने भएको छ ।
गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी चैत ३ गतेसम्म पोखरा रङ्गशालाको क्रिकेट मैदान र लेखनाथस्थित इडन हेभेन क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेल पोखरा रङ्गशाला क्रिकेट मैदानमा हुनेछ । उद्घाटन खेलमा बागलुङ र कास्की भिड्नेछन् । प्रतियोगितामा कास्की, स्याङ्जा, बागलुङ, तनहुँ, नवलपुर र पर्वत गरी गण्डकी प्रदेशका छ जिल्लाकाबीच प्रतिस्पर्धा हुने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।
प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनका आधारमा उत्कृष्ट २४ जना खेलाडी छनोट गरी उनीहरूलाई बन्द प्रशिक्षणमा सहभागी गराइनेछ । प्रशिक्षण चैत ४ देखि ७ गतेसम्म पोखरा रङ्गशाला क्रिकेट मैदानमा सञ्चालन हुनेछ । खेलाडीहरूको फिटनेस परीक्षण तथा अभ्यास खेलका आधारमा पिएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली छनोट गरिनेछ ।
छनोट भएका खेलाडीहरुको क्षमता मूल्याङ्कन तथा राष्ट्रियस्तरको प्रतियोगितामा मानसिक रूपमा तयार गर्न गण्डकी प्रदेशका दुई प्रसिद्ध धार्मिकस्थल ‘मुक्तिनाथ’ र ‘त्रिवेणी’ दुई टोली गठन गरी तीन वटा अभ्यास खेल खेलाइने आयोजकले जनाएको छ ।
सङ्घका अध्यक्ष सिग्देलले प्रदेशमा क्रिकेटको विकास र प्रतिभाशाली खेलाडी पहिचान गर्न छनोट प्रतियोगिता महत्त्वपूर्ण हुने बताउनुभयो । “गण्डकी प्रदेशमा क्रिकेट खेल विकास तथा ग्रास रुट क्रिकेट विकासका लागि छनोट प्रक्रिया महत्त्वपूर्ण कोशेढुङ्गा हुने विश्वास लिएका छौँ”, सिग्देलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
-
६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई
-
सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पत्ति जोखिममा पर्यो : सिभिल सहकारी पीडित
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण