इरान युद्ध शुरु भएयता १३ जहाज निशानामा
सारांश
- मध्यपूर्वमा युद्ध तनावका बीच खाडी क्षेत्रमा जहाजमाथि आक्रमणका घटना बढेका छन्।
- फेब्रुअरी २८ देखि मार्च ११ सम्म अरब गल्फ, हर्मुज जलडमरूमध्य र ओमानको खाडी क्षेत्रमा १३ वटा जहाज आक्रमणमा परे।
- उम्म कासर बन्दरगाह नजिक बुधबार राति दुई जहाजमा आक्रमण हुँदा एक जनाको मृत्यु र ३८ जना घाइते भए।
तेहरान । मध्यपूर्वमा बढ्दो युद्ध तनावका बीच खाडी क्षेत्रमा जहाजमाथि आक्रमणका घटना तीव्र रूपमा बढेका छन् । बेलायतको समुद्री सुरक्षा निगरानी संस्था बेलायती समुद्री व्यापार सञ्चालन (यूकेएमटीओ)का अनुसार फेब्रुअरी २८ देखि मार्च ११ सम्म अरब गल्फ, हर्मुज जलडमरूमध्य र ओमानको खाडी क्षेत्रमा कम्तीमा १३ वटा जहाज आक्रमणको निशानामा परेका छन् ।
यसबीच बुधबार राति उम्म कासर बन्दरगाह नजिक थप दुई जहाजमा आक्रमण भएको छ । यो बन्दरगाह बस्रा सहर नजिक पर्छ । इराकी बन्दरगाह प्राधिकरणका अनुसार उक्त घटनामा एक जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।
यसैबीच यूकेएमटीओले जहाजमाथि अर्काे आक्रमणको घटनाबारे जानकारी दिँदै जेबेल अलीको उत्तरतर्फ एउटा कन्टेनर जहाज अज्ञात प्रक्षेप्यले लागेको जनाएको छ । जहाजका क्याप्टेनले दिएको जानकारीअनुसार उक्त प्रहारपछि जहाजमा सानो आगलागी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण