पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकविरुद्धको भ्रष्टाचार मुद्दा 'हेर्न नमिल्ने' सूचीमा राखिएको छ।
- पाठकले नेपाल इन्जिनियरिङ कलेजमा अनियमितता मिलाउन ७८ लाख घुस लिएका थिए, जसका कारण उनले राजीनामा दिए।
- विशेष अदालतले पाठक र न्यौपानेलाई दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको थियो, अख्तियारले यसको पुनरावेदन गरेको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ । पाठकविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । यसअघि पाठकसहितको लगाउमा राखिएको भ्रष्टाचार मुद्दामा न्यायाधीश सुवेदीले एक पटक आदेश जारी गरिसकेकाले हेर्न नमिल्ने सूचीमा राखिएको हो ।
नेपाल इन्जिनियरिङ कलेजभित्रै अनियमितता मिलाउन भन्दै ७८ लाख घुस लिएको विषय बाहिर आएपछि महाअभियोगको डरले पाठकले राजीनामा दिएका थिए । घुस लिएर काम नभएपछि रकम लगानी गरेको समूहले घुस लेनदेनबारे कुराकानी र छलफल गरेको अडियो र भिडियो सार्वजनिक गरेको थियो ।
कलेजको अनियमितता मिलाउन एक करोड ६० लाख रुपैयाँको घुस डिल भए पनि सुरुमा पेस्की स्वरूप दुई चरणमा न्यौपानेले ७८ लाख रुपैयाँ घुस दिएका थिए । उक्त रकम पाठकसमक्ष पुर्याउने समूहले नै पछि अख्तियारमा अडियो सहितको प्रमाण पेस गरेको थियो ।
७८ लाख रुपैयाँ घुस खाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले तत्कालीन आयुक्त पाठक र नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा चलेको थियो । विशेष अदालतले दुवै जनालाई ३–३ वर्ष कैद र ३९ लाख रुपैयाँका दरले जरिवाना तोकेको थियो ।
आयुक्त पाठकमाथि थप ३ महिना कैद सजाय भएको थियो । विशेषले उनीहरूलाई भ्रष्टाचारको प्रयास गरेको आरोपमा दोषी ठहर गरी आधा मात्रै सजाय गरेपछि अख्तियार पुनरावेदनका लागि सर्वोच्च गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण