तेलको मूल्यमा छिटै सोचेको भन्दा धेरैले घट्छः ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले कच्चा तेलको मूल्य घट्ने दाबी गरेका छन्।
- ट्रम्पले ३२ देशले तेलको रणनीतिक भण्डारबाट तेल झिक्ने निर्णय गरेको बताए।
- उनले हर्मुज जलडमरुको अवस्थालाई अमेरिकाले नजिकबाट नियालिरहेको बताए।
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कच्चा तेलको भाउमा छिटै नै सोचेको भन्दा धेरै नै कमी आउने दाबी गरेका छन् । अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण तेलको मूल्य बढिरहेको बेला ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । केन्टकीमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले ३२ देशले तेलको रणनीतिक भण्डारबाट तेल झिकेर बजारमा ल्याउने निर्णय गरेको उल्लेख गर्दै त्यसले मूल्य घटाउन ठूलो प्रभाव पार्ने बताएका छन् ।
यसअघि सिनसिनाटीमा एउटा व्यवसायिक प्रतिष्ठानको भ्रमणका क्रममा उनले तेलको मूल्यमा हुने उतार–चढावलाई युद्धसँग सम्बन्धित कुरा भएको बताएका थिए । ट्रम्पले भने, ‘तेलको मूल्य निकै घट्नेछ । यस्तो युद्धका समयमा मूल्य बढ्छ र पछि घट्छ, यो लगभग अनुमान गर्न सकिने कुरा हो ।’ अहिलेको वृद्धि अपेक्षा गरिएकोभन्दा कम भएको भन्दै उनले भविष्यमा तेलको मूल्य कसैले अनुमान गरेको भन्दा धेरैले घट्ने दाबी पनि गरे ।
ट्रम्पले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलडमरुको अवस्थाबारे पनि टिप्पणी गर्दै अमेरिका त्यहाँको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताए । अमेरिकी कारबाहीका कारण इरानका धेरै डुङ्गा नष्ट भएको र अहिले त्यहाँको अवस्था नियन्त्रणमा रहेको दाबी पनि ट्रम्पले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण