सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

देशको अवस्था परिवर्तन गर्न नागरिकले योगदान गर्नुपर्छ : पराजुली

बिहीबार, २८ फागुन २०८२, १३ : ४५
बिहीबार, २८ फागुन २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले देशको अवस्था परिवर्तन गर्न नागरिकले योगदान गर्नुपर्ने समय आएको बताएका छन् । 

काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा निर्वाचित भएपछि तारकेश्वर नगरपालिका–४ लोलाङमा आज स्थानीयसँग साक्षात्कार गर्दै उनले सक्षम नागरिकले आफ्नो सक्रिय भूमिका निर्वाह गरेर राष्ट्र निर्माणमा योगदान गर्नुपर्ने आवश्यकता औँल्याए । 

“यहाँहरुले प्राप्त गरेको ज्ञानलाई राष्ट्र निर्माणमा उपयोग गर्न सक्नुपर्छ”, उनले भने । सांसद पराजुलीले युग परिवर्तन तथा राष्ट्र र सन्ततिको भाविश्य सुनिश्चित गर्न मतदाताले गरेको मत क्रान्तिको हिम्मतप्रति आभार प्रकट गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप