मण्डला थिएटरमा नाटक ‘चरणदास चोर’ मञ्चन
बिहीबार, २८ फागुन २०८२, १४ : १२
सारांश
- थापागाउँस्थित मण्डला थिएटरमा बिहीबारबाट नाटक 'चरणदास चोर' मञ्चन सुरु भएको छ।
- भारतीय नाटककार हबीब तनवीरको नाटक मिलन कार्कीको निर्देशनमा मञ्चन हुने भएको हो।
- नाटकमा सामाजिक व्यङ्ग्य, लोक शैली र नैतिक प्रश्नहरू समावेश छन्, जसमा मण्डला थिएटरका विद्यार्थीहरूको अभिनय रहनेछ।
काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा बिहीबार (आज) बाट नाटक ‘चरणदास चोर’ मञ्चन सुरु हुने भएको छ । भारतीय नाटककार हबीब तनवीरको चर्चित नाटक ‘चरणदास चोर’ मिलन कार्कीको निर्देशनमा मञ्चन हुने लागेको हो ।
सामाजिक व्यङ्ग्य, लोक शैली र गहिरो नैतिक प्रश्नहरूको संयोजन रहेको नाटकमा मण्डला थिएटर ल्याब १८ औँ ब्याचका विद्यार्थीहरूको अभिनय रहनेछ । नाटकको नेपाली अनुवाद आशान्त शर्मा र राजन खतिवडाले गरेका हुन् ।
धेरै पटक मञ्चन भइसकेको उक्त नाटक यसअघि राजन खतिवडाको निर्देशनमा मञ्चन हुँदै आएको थियो । आगामी चैत ११ गतेसम्म मञ्चन हुने नाटक सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः १५ बजे मञ्चन हुने मण्डला थियटरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण