आजको आवाजले भोलिको न्यायको बाटो खोल्न सक्छ : गायिका आस्था राउत
काठमाडौँ। चर्चित गायिका आस्था राउतले पछिल्लो समय बढ्दै गएका बलात्कार र हत्याका घटनाप्रति तीव्र आक्रोश व्यक्त गर्दै न्यायका लागि एकजुट हुन अपिल गरेकी छन्। सुर्खेतकी इनिसा विकको सामूहिक बलात्कारपछि भएको निर्मम हत्याको घटनाले मर्माहत बनेकी आस्थाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै समाज र राज्यको मौनतामाथि प्रश्न उठाएकी हुन्।
छोरीहरूलाई ‘देवी’ को स्वरूप मान्ने समाजमा उनीहरूमाथि नै हुने यस्ता जघन्य अपराधले सिंगो देशलाई नै लज्जित बनाएको उनको ठहर छ। आस्थाले वर्षौँ बितिसक्दा पनि न्याय नपाएको निर्मला पन्तको प्रकरणलाई स्मरण गर्दै यो केवल एउटा परिवारको पीडा नभई हरेक नेपाली छोरीको सुरक्षासँग जोडिएको गम्भीर प्रश्न भएको बताएकी छन्।
भर्खरै इनिसा विकमाथि भएको कुकृत्यले अपराधीहरू अझै खुलेआम हिँडिरहेको र समाज झन् डरलाग्दो दिशामा गइरहेको संकेत गरेको उनले उल्लेख गरेकी छन्। बलात्कार र हत्या जस्ता अपराधलाई सामान्य रूपमा नलिन आग्रह गर्दै उनले आज आवाज नउठाए भोलि जो कोहीका छोरीचेली यस्तो शिकार हुन सक्ने चेतावनी दिएकी छन्।
अन्याय र अत्याचार विरुद्ध सबै नागरिकलाई एकै स्वरमा बोल्न आह्वान गर्दै गायिका राउतले दोषीलाई हदैसम्मको कठोर सजाय दिन माग गरेकी छन्। नागरिकको दबाब र एकीकृत आवाजलाई कसैले दबाउन नसक्ने भन्दै उनले छोरीहरूको सम्मान र सुरक्षाबिना कुनै पनि देश महान हुन नसक्ने स्पष्ट पारेकी छन्। आजको बुलन्द आवाजले मात्रै भोलिको न्यायको बाटो खोल्न सक्ने उनको विश्वास छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण