सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अभिनेत्री हंसिका मोटवानी र सोहेल खतूरियाको सम्बन्धविच्छेद

बिहीबार, २८ फागुन २०८२, १६ : ०७
बिहीबार, २८ फागुन २०८२

सारांश

  • अभिनेत्री हंसिका मोटवानी र व्यवसायी सोहेल खतूरियाको सम्बन्धविच्छेद भएको छ।
  • उनीहरूले कुनै अंश वा एलिमनी बिना आपसी सहमतिमा सम्बन्धविच्छेद गरेका हुन्।
  • हंसिका र सोहेलले सन् २०२२ मा विवाह गरेका थिए, तर उनीहरू डेढ वर्षपछि अलग भए।

काठमाडाैँ। अभिनेत्री हंसिका मोटवानी र व्यवसायी सोहेल खतूरियाको वैवाहिक सम्बन्ध औपचारिक रूपमै टुङ्गिएको छ। मुम्बईको फेमिली कोर्टले दुवैको आपसी सहमतिमा सम्बन्धविच्छेदको फैसला सुनाएको हो। प्राप्त रिपोर्ट अनुसार सन् २०२४ देखि नै उनीहरू छुट्टाछुट्टै बस्दै आएका थिए र अहिले कानुनी रूपमा पनि उनीहरूको बाटो अलग भएको छ।

यस सम्बन्धविच्छेद प्रक्रियाको सबैभन्दा चर्चाको विषय हंसिकाको निर्णय बनेको छ। उनले सोहेलसँग कुनै पनि प्रकारको अंश वा एलिमनी माग नगरीकनै छुट्टिने सहमति दिएकी छन्। कुनै आर्थिक दाबी र विवादबिना नै शान्तिपूर्ण तरिकाले यो कानुनी प्रक्रिया सम्पन्न भएको स्रोतले जनाएको छ। दुवैले एक–अर्काप्रति सम्मानजनक व्यवहार राख्दै यो कठिन निर्णय लिएका हुन्।

हंसिका र सोहेलले सन् २०२२ को डिसेम्बरमा राजस्थानको जयपुरस्थित एक ऐतिहासिक किल्लामा भव्य र शाही अन्दाजमा विवाह गरेका थिए। सोहेल हंसिकाका बिजनेस पार्टनर समेत थिए।

तर, विवाहको केही समयपछि नै उनीहरूबीच खटपट सुरु भएको खबर बाहिरिन थालेका थिए। अन्ततः झण्डै डेढ वर्षको अलग बसाइपछि उनीहरूले कानुनी रूपमै अलग हुने निर्णय गरे।

हाल हंसिका आफ्नो अभिनय करियरमा केन्द्रित छिन् र उनी विभिन्न फिल्म तथा वेब सिरिजका प्रोजेक्टहरूमा व्यस्त छिन्। सोहेल पनि आफ्नै व्यापारिक क्षेत्रमा सक्रिय छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप